आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्सेमा सामान्य वृद्धि

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मौद्रिक नीतिपछि लगातार ५ कारोबार दिन गिरावट भएको नेप्सेमा छैटौं दिन भने एकले अंकको सामान्य वृद्धि भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै ६३ अंकले बढेको नेप्से त्यसयताको ५ कारोबार दिनमा १२७ अंकको गिरावट भएको थियो । तर, सोमबार भने नेप्सेमा एकल अंककमे वृद्धि भएको हो ।

सोमबार बजार परिसूचक नेप्से ५.८४ अंकले वृद्धि हुँदा २१०६.१८ को विन्दुमा बन्द भएको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समयमा वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार नेप्सेमा १३ वटा उपसूचक मध्ये व्यापार उपसूचक सर्वाधिक १.९७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.२६ प्रतिशतले बढेको छ । यस्तै बजारलाई लिग गर्ने बैंकिङ उपसूचक पनि ०.७४ प्रतिशले बढेको हो ।

यता हाइड्रोपावर, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ०.३७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.१० प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.०५ प्रतिशतले घटेको छ ।

सूचीकृत कम्पनीले गत आर्थिक वर्षका वित्तीय विवरण सार्वजनिक गर्ने समय भएकोले लगातीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसेले बजारमा कारोबार रकम घटेर २ अर्बबाट तल झरेको छ । मौद्रिक नीति आएको गत सातको आइतबार र सोमबार लगातार ४ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबारदेखि कारोबार रकम घट्दै गएको थियो । कारोबार रकम घट्दो भएपनि १४ साउन आइतबार साढे २ अर्बमाथिको कारोबार भएको थियो । तर, सोमबार भने नेप्सेमा ४० हजार ३०३ वटा कारोबारमा ५५ लाख ३१ हजार ७३१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाखको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ९ लाखको कारोबार हुँदा सोल्टी होटलको ५ करोड ४८ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको ४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १११ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ९९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये बलेफी हाइड्रोपावरको सेयरमूलय सर्वाधिक ५.७९ प्रतिशतले वृद्धि हुँदा विशाल बजार कम्पनीको सेयरमूल्य २.८६ प्रतिशतले बढेको छ । यस्तै सनराइज ब्लुचिप फण्डको इकाइमूल्य ७.१० प्रतिशतले वृद्धि हुँदा एनआईसी एशिया फ्लेक्स क्याप फण्डको इकाइमूल्य ३.७१ प्रतिशतले वृद्धि भएको छ ।

वीन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.३१ प्रतिशतले गिरावट हुँदा एशियन हाइड्रोपावरको सेयरमूल्य ३.७४ प्रतिशत र मेच्छियाम हाइड्रोपवारको सेयरमूल्य २.९५ प्रतिशतले गिरावट भएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

४ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक