सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सुन तस्करीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ : नेता कोइराला

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुन तस्करीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ : नेता कोइराला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ / प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले नेपालमा भइरहेको सुन तस्करीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले सुन तस्करीले नेपालको अर्थतन्त्रमा असर गरिरहेको छ, छैन भन्ने गम्भीर विषय भएको बताएका हुन् ।

‘कसको सेटिङमा सुन आइरहेको भन्न गाह्रो विषय हो,’ उनले भने, ‘अहिले सय किलो सुन बरामद भएकोले हामीले थाहा पायौं तर त्यो भन्दा अगाडि कति आयो त्यो गम्भीर विषय हो र यसले नेपालको अर्थतन्त्रमा असर गर्छ कि गर्दैन ?’

भारतमा १३ सय मेट्रिकटन सुन वार्षिक खपत हुन्छ तर आयात ८ सयदेखि ९ सय मेट्रिकटनमात्रै भारत सरकारले गरिरहेको हुँदा ४ सयदेखि ५ सय मेट्रिकटन अवैध तरिकाले आपूर्ति भइरहेकै देखिएको कोइरालाले बताए । ‘सुन आउने रुट चीन, हङकङ र खाडी मुलुकबाट नेपाल आउने र नेपालबाट भारत जाने हो,’ उनले भने, ‘यसमा को संलग्न छ भन्ने सरकारले अनुसन्धान गर्ला तर नेपालीहरु बिचौलियामात्रै हुन् ।’

अवैध व्यापार गर्ने चाइनीज र भारतीय व्यापारी तर नेपाली बिचौलियामात्रै भएको कोइरालाको भनाइ थियो । ‘बिचौलियाले कति नै पाउँदो होला ? किलोमा २ लाख बिचौलियाले पाउने गरेको सुनेको तर अवैध व्यापार गर्नेहरुले कति कमाइरहेका होलान् ,’ उनले भने ।

कोइरालाले कोशी प्रदेश सरकार गठन गर्न सभामुख बाबुराम गौतमले गरेको हस्ताक्षर सर्वोच्च अदालतको आदेशले गलत ठहर भएको बताए । ‘कांग्रेस लोकतन्त्रवादी पार्टी हो त्यसैले अरु राजनीतिक दललाई पनि लोकतान्त्रिक पद्धतिमा हिँड्न सिकाउनु पर्छ,’ उनले भने, ‘सभामुखले हस्ताक्षर गरेर दिएको गलत थियो भन्ने कुरा सर्वोच्चको आदेशले प्रमाणित भएको छ ।’

कोइरालाले अब पुनः उद्धव थापा नै मुख्यमन्त्री बन्ने बताए । ‘कोशी प्रदेशमा अहिले मुख्यमन्त्री उद्धव थापा नै भएकाले उहाँले सात दिनभित्र बहुमत सिद्ध गर्छ,’ उनले भने, ‘सर्वोच्च अदालतको फैसलाअनुसार उद्धव थापा नै मुख्यमन्त्री हो ।’

पार्टीको प्रत्येक वर्ष महासमिति बैठक बस्नु पर्ने भएकोले त्यही बेला नीति तथा कार्यक्रम तय गर्ने कुरा भएको कोइरालाले बताए । ‘छुट्टै नीति अधिवेशन बोलाउन सम्भव हुन्छ ? फरक के छ भने नीति अधिवेशन बोलाउँदा कति जनालाई बोलाउने हुन थियो तर महासमिति बैठक भनिसकेकाले हरेक वर्ष त्यो गर्न विधानले तोकेको छ । त्यही समयमा नीति अधिवेशन गर्ने त्यसमा महासमितिको संख्या केही कम हुन्छ,’ उनले भने ।

बालकृष्ण खाणमै अहिले धेरै अड्किरहने अवस्था नभएको कोइरालाले बताए । ‘देशमा धेरै घटनाहरु घटिरहेका छन्,’ उनले भने, ‘त्यसैले अब नीति अधिवेशनबाट परराष्ट्र नीति, आर्थिक नीति कस्तो हुने, सुशासनका लागि कसरी जाने, किसानहरुले मल नपाएकाले कसरी उपलब्ध गराउनेलगायतका कुरा महासमिति बैठकसँगै तय हुने नीति तथा कार्यक्रमले गोरेटो लिन्छ ।’

सभापति शेरबहादुर देउवाले असोज २ गते केन्द्रीय समिति बैठक बस्ने भनेकाले अब पार्टी विधानअनुसार नै अघि बढ्ने देखिएको कोइरालाले बताए । पार्टीमा वरिष्ठ नेता सभापतिलाई चाहियो भने हुन्छ, चाहिएन भने नहुने र वरिष्ठ नेताको व्यवस्था विधानमा नभएकाले यो विषय उठाइराख्नु आवश्यक नभएको उनले सुनाए ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

१ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक