मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

‘टेरामोक्स’ जडानमा आनाकानी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘टेरामोक्स’ जडानमा आनाकानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरूको घट्दो आम्दानी र बिलिङमा बढ्दो गुनासो परीक्षण तथा अनुगमन गर्ने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले लागु गर्न खोजेको दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) अलपत्र परेको छ । सेवा प्रदायकहरूको मुख्य प्रणालीमा जडान गर्नुपर्ने टेरामोक्ससँग सम्बन्धित उपकरण कम्पनीहरूले अनिच्छा देखाएपछि प्राधिकरणको जमलस्थित भण्डार शाखामा छ महिनादेखि उपयोगविहीन रूपमा राखिएको छ । कानुनी प्रावधान, डेटा सुरक्षा तथा प्रणालीमै अवरोध आउन सक्ने जनाउँदै सेवा प्रदायकहरूले टेरामोक्स जडानमा आनाकानी गरेपछि प्राधिकरणको योजना कार्यान्वयनमा आउन नसकेको हो ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले पछिल्लो समय सेवा प्रदायकहरूको आम्दानी अस्वाभाविक रूपमा घटेको, ‘पल्स’ मा समेत गडबडी पाइएको तथा बिलिङ प्रणालीमा समेत गुनासो बढेपछि टेरामोक्स जडान गर्न लागिएको बताउनुभयो । “नेपालभित्र र बाहिरबाट नेपाल आउने कल तथा डेटाको प्रयोगको अवस्था कस्तो छ भनेर त्यसको परीक्षण गर्न यो प्रणाली जडान गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “अरू धेरै देशमा पनि यस्तो प्रणाली जडान गरेर अनुगमन र परीक्षण गर्ने अभ्यास छ ।”

सेवा प्रदायकहरूको आम्दानी चुहावट, कल बाइपास र सेवाको गुणस्तर परीक्षण गर्न प्राधिकरणले २०७४ असोजमा पहिलो पटक आशयपत्र माग गरेर टेरामोक्स जडानको प्रक्रिया अघि बढाएको थियो ।

आशयपत्रमा आवेदन दिएकामध्ये सबैभन्दा धेरै अङ्क प्राप्त गरेको भ्यानराइज सोलुसनले दुई करोड ३७ लाख ७० हजार अमेरिकी डलर अर्थात् तत्कालीन विनिमय दर अनुसार करिब तीन अर्ब रुपियाँमा प्रस्ताव पेस गरेको थियो । यद्यपि प्राधिकरणले सीमित प्रतिस्पर्धा भन्दै खरिद प्रक्रिया रद्द गरेपछि सर्वोच्च अदालत पुगेको यससम्बन्धी मुद्दा २०७९ वैशाखमा भ्यानराइजकै पक्षमा फैसला आएको थियो ।

त्यसपछि भ्यानराइजले २०७९ भदौमा टेरोमोक्ससम्बन्धी उपकरण आयात गरेको थियो । आयातित उपकरणको वर्गीकरण फरक परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २०७९ फागुनमा मात्रै सामान छुटाउने अनुमति दियो ।

भ्यानराइजले फागुनमा उपकरण उपलब्ध गराएपछि प्राधिकरणले नेपाल टेलिकम र एनसेल आजियटालाई जडानका लागि निर्देशन दिएको थियो । तर दुवै कम्पनी अहिलेसम्म यो प्रणाली जडान गर्न तयार छैनन् ।

नेपाल टेलिकमले डेटा सुरक्षाको कानुनी प्रश्न उठाउँदै उपकरण जडान गर्न नमिल्ने बताएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले २०७३ माघमा सर्वोच्च अदालतले गरेको एक फैसलाले अदालतको अनुमतिबिना कल डिटेल नहेर्न आदेश दिएकाले उपकरण जडानमा कानुनी समस्या देखिएको बताउनुभयो । “एकातिर अदालतको आदेश र अर्कोतिर उपकरण जडान गर्दा सम्पूर्ण प्रणालीमा आउन सक्ने अवरोधका कारण पनि जडान गर्न नसक्ने अवस्था छ ।”

नियामकले चाहेको अवस्थामा कम्पनीले अनुगमन र परीक्षणमा सधैँ सहजीकरण नै गरेकाले अतिरिक्त उपकरण जडानको आवश्यकता नरहेको उहाँको भनाइ छ । एनसेलको प्रणालीमा पनि प्रोब जडानका लागि लगिए पनि कम्पनीले पछि जडान गर्न नमानेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता मिश्र भने प्रयोगकर्ताको डेटा सुरक्षा भए नभएको परीक्षण गर्न तथा कल बाइपासको वास्तविकता पत्ता लगाउन पनि टेरामोक्स जडान अनिवार्य भएको बताउनुहुन्छ । “सेवा प्रदायकले डेटा सुरक्षाको कुरा उठाए पनि वास्तवमै डेटा सुरक्षा छ वा छैन भन्ने परीक्षण गर्ने अन्तिम अधिकार पनि प्राधिकरणकै हो,” उहाँले भन्नुभयो । प्राधिकरण र सेवा प्रदायकको आआफ्नै तर्कका कारण टेरोमोक्स जडान भने अनिश्चित बनेको छ ।

जडान नगरे सहजीकरण बन्द

टेरामोक्स जडानका लागि बारम्बार निर्देशन दिए पनि सेवा प्रदायकहरूले जडान गर्न आनाकानी गरेपछि प्राधिकरणले जडान गर्न सात दिनको समय दिएको छ । गत साउन ४ गते बसेको प्राधिकरणको बोर्ड बैठकले टेरामोक्स जडानका लागि सात दिनको समय दिने निर्णय

गरेको थियो । आइतबारदेखि गणना हुने गरी सेवा प्रदायकलाई सात दिनको समय उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । उक्त समयभित्र पनि टेरामोक्स कार्यान्वयनमा नआए प्राधिकरणले सेवा प्रदायकलाई उपलब्ध गराउँदै आएको सबै किसिमका सहजीकरण बन्द गर्ने उल्लेख गरेको छ । विश्वास रेग्मी, गाेरखापत्र

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसुचक घट्याे

२ घण्टा अगाडि
सर्वोच्च शिखर सगरमाथाको आरोहण

सर्वोच्च शिखर सगरमाथाको आरोहण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन कठिन

संविधान संशोधन प्रक्रियामा प्रदेश संरचनाको पुनरावलोकन माग

प्रतिनिधि सभा बैठक अवरोध

साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक