नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका कमिटीको आयोजनामा अगुवा कार्यकर्ताहरुका लागि श्रावण १३ गते दिउँसोको ३ बजे नेपा: ब्यान्क्वेट खुसीबुँमा प्रशिक्षणकाे कार्यक्रम राखिएको छ।
श्रावणको १७ गते दिउँसोको १ बजे नेपालमा लम्पी स्किन महामारीको रुपमा फैलिएको गठबन्धन सरकारले यो महामारीको जुन अवस्था छ साे अनुसारको तयारी नगरेको, जागरण, रोकथाम, नियन्त्रण उपचार, स्थानहरुलाई क्षतिपुर्ति, बिमा र बैंक कर्जाको कुनै ब्यवस्था नगरेको कारणले आज सम्म सरकारी तथ्यांकै अनुसार पनि अर्ब भन्दा बढीको क्षति भैसकेको छ र निकै ठुलो क्षति अर्ती तन्त्रमा मै भयावह समस्या उत्पन्न हुँदा समेत सरकारले किसान समस्या नबुझेको, नसुनेको, गम्भीर नभएको हुनाले काठमाडौं महानगर कमिटीको आयोजनामा अखिल नेपाल किसान महासंघ, काठमाडौं महानगर पालिका कमिटीको ब्येरवस्थापनमा हामीले किसान प्रदर्शनको आयोजना गरेका छाैं।
श्रावण १७ गते १ बजे माइतीघर थापाथली जाऔं किसानको लागि जिम्मेवारी नभएको सरकारलाई, किसानको हकहितका लागि घ्यानाकर्सन गराउन का लागी हामीले ज्ञापन पत्र दिने योजना बनाएकाे छ । ज्ञापन पत्रका लागि हामी थापाथलीबाट सि.डि.अाे. जिल्ला प्रसारण कार्यालय हुँदै सिंहदरबारमा ज्ञापन पत्र प्रस्तुत गरिने भएकाे छ ।
यो कार्यक्रममा महानगरवासी जनतालाई आवहान गर्न चाहान्छाै। किसान दाजुभाई दिदीबहिनीहरुलाइ आवहान गर्न चाहान्छाैं। सहित सबै जनबर्गीय संगठनहरुलाई आवहान गर्न चाहान्छाैं। ने.क.पा. (एमाले) उपत्यकाको किसानको हितको यो प्रदर्शनमा राजधानी जनताहरुकालाइ एक्यबद्धताका लागि हार्दिक अपिल पनि गर्न चाहान्छाैं।
यधपी यो समस्या देश भरिको समस्या हो । दक्षिण एसियामा नै यो समस्याले किसानहरु आक्रान्त छन्।
बैठकमा सबै जनसंगठनका अध्यक्षहरु, इन्चार्जहरु, र नेकपा एमालेको पोलिटबिउरो सदस्य एवम् काठमाडौं महानगर पालिका इन्चार्ज तथा संविधान सभा सदस्य रामेश्वर फुयाल, महानगरपालिका अध्यक्ष निर्माण देउला रहेका थिए।