काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा कोलम्बियाले दक्षिण कोरियालाई हराएकाे छ ।
सिड्नी फुटबल स्टेडियममा मङ्गलबार भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलअन्तरले हराएकाे थियाे । कोलम्बियाको लागि काटालिना उस्मी र लिन्डा काइसेडोले गोल गरे। खेलको ३०औं मिनेटमा काटालिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाइन्।
३९औँ मिनेटमा लिन्डाले कोलम्बियाको लागि दोस्रो गोल गरिन्।

