काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फौजदारी अभियोग लागेको पदाधिकारीलाई राजनीतिक रुपमा संरक्षण गर्ने राजनीतिक वा नैतिक आधार कुनै पनि दलसँग हुन नहुने बताएका छन् । कार्य समितिको बैठकमा भ्रष्टाचार र सुशासनको विषयमा १३ बुँदे प्रस्ताव राख्दै महामन्त्री थापाले बालकृष्ण खाणप्रति लक्षित गर्दै सो प्रस्ताव राखेका हुन् ।
‘हामीले निर्माण गरेको न्याय व्यवस्थाअनुसार कुनै पनि पदाधिकारीलाई फौजदारी अभियोगमा मुद्दा दायर भएको छ भने त्यस्ता पदाधिकारीको राजनीतिक रुपमा संरक्षण गर्ने राजनीतिक वा नैतिक आधार कुनै पनि राजनीतिक दलसँग हुँदैन‚’ थापाको प्रस्तावमा भनिएको छ । थापाले बैठकमा आफ्नो लिखित धारणा राखेका हुन् ।
कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सहयोग गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
पूर्णपाठ :