काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सरकारको भ्रष्टाचारविरोधी लडाइँमा आफूहरूको साथ रहेको जनाएका छन् । साथै माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेकोमा खुसी लागेको उनले जनाए ।
माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनले यसबारे प्रतिक्रिया दिएका हुन् । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती: भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले भ्रष्टाचारविरोधी अभियान माओवादी केन्द्र नेतृत्वको सरकारले सञ्चालन गरेकोमा खुसी व्यक्त गरेका थिए ।
यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनुमा खुसीको कुरा रहेको उनको भनाइ थियो । भ्रष्टाचारविरोधी लडाइँमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव चन्दले आफ्नो पार्टीले सडकबाटै जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी गरे । चन्दले भने, ‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ ।
खुसी पनि लागेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नेतृत्वमा सरकार छ । र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुन्छ । अरु समाजवादी पार्टीहरु पनि सबै हुनुहुन्छ । र एउटा लडाइँ जस्तो पनि देखिएको छ । यो राम्रो कुरा हो । हामीले पनि साथ दिएका छौं ।’

