काठमाडौं – भारी वर्षाका कारण काठमाडौंका केही स्थान जलमग्न भएका छन्।
जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ काठमाडौँमा भारी वर्षा भएको जनाएको छ। वर्षाका कारण विष्णुमति नदीमा बाढी उर्लिएको छ।
गोंगबु क्षेत्रमा विष्णुमतिको जलसतह बढेको छ। त्यसक्षेत्रमा सडकसमेत जलमग्न हुँदा सवारी आवागमनसमेत प्रभावित भएको छ।
काठमाडौंमा भारी बर्षा भएको र नदी आसपासका क्षेत्रमा सचेत रहन पनि विभागले चेतावनी दिएको छ।