शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

रुसको एउटा निर्णयले अमेरिकामा कम्पन !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
विश्वभर अहिले दुईवटा बिषयको महत्व बढेको छ, त्यो हो उत्पादन र व्यापारिक मार्ग । त्यसमा पनि वस्तु उत्पादन सबैभन्दा बढी महत्वपूर्ण छ । झण्डै आधा शताब्दीअघि हरेक देशहरु खाद्यान्न लगायत वस्तुको लागि आपूmमा नै निर्भर थिए । तर, अहिले अवस्था फेरिएको छ । सबै देश आयात निर्यातमा संलग्न छन् । आफ्नो भूमिमा नहुने होस् वा पर्याप्त उत्पादन गर्न नसकेमा ती वस्तुको आयात र आफूले धेरै उत्पादन गर्ने वस्तुको निर्यातमा देशहरुले जोड दिँदै आएका छन् । तर, नेपालजस्ता केही देशहरु भने आयातमा नै निर्भर हुन थालेका छन् । चर्चा आफ्नै देशसँग जोडेरै सुरु गरौं । आफूले कमाएको सबै रकम आयातमा नै खर्च गर्ने प्रवृत्तिका कारण एक त देशको अर्थतन्त्र आत्मनिर्भर छैन भने बचतको अवस्था पनि देखिँदैन । अर्कोतर्फ जुन देशबाट सामान आयात हुन्छ, त्यसमा कुनै समस्या हुनेबित्तिकै त्यसको असर नेपालजस्तो देशले भोग्नुपर्छ ।
यसको पछिल्लो उदाहरण हो, ब्ल्याक सी हुँदै गरिने अन्न कारोबारको सम्झौताको अन्त्य । युक्रेनसँगको युद्धमा रहेको रूसले ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । युक्रेनको आक्रमण गरेपछि अमेरिका र थुप्रै पश्चिमा राष्ट्र रुसको विपक्षमा छन् । तर, कारोबारका कारण उनीहरुले रुसको विरुद्धमा प्रत्यक्ष अगाडि आउन सकेका छैन । रुसको क्षेत्र हुँदै ब्ल्याक सीमार्फत थुप्रै वस्तुको कारोबार हुने गरेको छ । तर, अब रुसले त्यसका लागि भएको सम्झौता सकिएको घोषणा गरेपछि अन्य कारोबारको यो मार्ग बन्द हुने भएको हो । जसको असर अमेरिकादेखि समग्र
विश्वमा नै पर्ने देखिन्छ । अन्न कारोबार प्रभावित हुनेबित्तिकै विश्वभर महँगी बढ्ने अनुमान गरिएको छ ।
युक्रेनले ब्ल्याक सी हुँदै सूर्यमुखी, मकै, गहुँ र कोदो निर्यात गर्दै आएको छ । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्दै बन्दरगाहमा घेरा हालेपछि दुई करोड टन अन्न निर्यात हुन रोकिएको थियो । यसबाट विश्वभर खाद्यान्नको मूल्य वृद्धि भएको थियो । मध्यपूर्व र अफ्रिकाका धेरै देशहरुमा खाद्य संकट पैदा भएको थियो । किनभने यी देश युक्रेनमा उत्पादित अन्नमा निर्भर छन् । लामो प्रयास तथा टर्की र संयुक्त राष्ट्र संघको मध्यस्थताबाट गत वर्ष जुलाईमा लडाइँ जारी रहे पनि रुस र युक्रेनबीच अन्न निर्यात गर्न दिने सम्झौता भएको थियो । अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रूर निर्णय भनेको छ । रुसको एउटा निर्णयले विश्वकै प्रमुख शक्तिराष्ट्र अमेरिकामा समेत कम्पन पैदा भएको छ भने यसले नेपालजस्तो आयातमा निर्भर राष्ट्रलाई असर नपर्ने भन्ने हुँदैन । विगतमा कोभिड र देशभित्रकै बेथितिका कारण अधोगतिमा रहेको अर्थतन्त्रलाई विश्वमा हुने यस्ता गतिविधिले पक्कै असर पार्नेछ ।
नेपाल कृषिप्रधान देश हो, तर यही देशले विगत ११ महिनामा ३३ अर्ब रुपैयाँको चामल आयात गरेको अवस्थाले देश कता जाँदैछ भन्ने स्पष्ट संकेत गरेको छ । अन्न उत्पादन नगर्ने देशहरु अमेरिका जस्तै सम्पन्न भए पनि खान नपाउने अवस्थामा पुग्ने निश्चित छ । गत आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ । उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोडको आएको हो । स्वदेशमै उत्पादन हुन सक्ने कृषि वस्तुको पनि आयात बढेको भन्सार विभागको भनाइ छ । तर, त्यति अवधिमा निर्यात १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ मात्र छ ।
नेपाल हरेक वस्तुका लागि आयातमा नै भर पर्दै आएको छ । त्यही कारण अर्थतन्त्र समस्या आएको भन्ने पनि सबैजसो जानकार नै छन् । हरेक वर्षजसो सरकारले कृषि उत्पादन बढाउने योजना ल्याएको पनि हुन्छ । तर, त्यसअनुसार उत्पादन वृद्धि हुन सकेको भने देखिँदैन । बरु बेरोजगारी र युवा पलायन बढिरहेको छ । सरकारले योजना ल्याइरहँदा पनि किन नेपालको परनिर्भरता घटिरहेको छैन ? यसमा पक्कै पनि योजनामा कुनै कमी वा लागू गर्न सवालमा सरकार चुकिरहेको छ भन्ने कुनै दुईमत छैन । हाम्रा शिक्षा प्रणालीमा कृषिलाई महत्व, किसानलाई अनुदान, क्षति भएमा राहत, बजारको व्यवस्थापन, ठाउँअनुसार कृषि उत्पादनमा जोड दिनेजस्ता योजना सरकारी तहबाट अझै आउन सकेको छैन । बरु सरकार वस्तु आयातबाट उठाउन पाइने राजस्वबाटै खुसी देखिन्छ । यसले क्षणिक रुपमा त देशको आवश्यकतालाई सम्बोधन गर्ला तर अहिले रुसले जस्तै गरेका निर्णयहरुले भने अर्थतन्त्र जुनसुकै बेला दुर्घटनामा पर्नेछ । सत्तामा रहने नेताहरुले यसमा ध्यान दिन आवश्यक छ ।
नेपाल पनि कृषि प्रधान देश भएकाले सम्भावित खाद्य संकटलाई मध्यनजर गरेर उत्पादन बढाउनेतर्फ ध्यान दिने हो भने बुद्धिमानै ठहर्ने छ, सबै नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

कर्मचारी ट्रेड युनियन ऐन भत्काउने अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक