आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

असंलग्नताको निरन्तरता कि अब संलग्नता ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । संविधानले पनि संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यतासँगै असंलग्नतालाई अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धित एक नीति मानेको छ । एक–अर्काको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान, अनाक्रमण, अहस्तक्षेप, समानता र पारस्परिक लाभ, शान्तिपूर्ण सह–अस्तित्वजस्ता असंलग्न आन्दोलनले स्थापित गरेका पञ्चशीलका सिद्धान्त हुन्छ । तर, नेपालले यो नीति अँगाल्दै गर्दा आफ्नो स्वार्थ र विकासका दृष्टिले पनि असंलग्नतालाई नै अँगालिरहेको महसुस हुन्छ । हामीले देशको विकास र परिवर्तनका लागि कुनै निर्णय गर्नका लागि पनि छिमेकी रिसाउने वा असंलग्नता नीति विपरीत होला कि भन्ने हीनताबोधबाट गुज्रिरहेका छौं । त्यही कारण बेलाबेलामा असंलग्नता सम्बन्धी नीतिलाई पुनरावलोकन गर्नुपर्ने बहस हुँदै आएको छ ।

हुन त असंलग्नतासम्बन्धी नीतिलाई विश्वका धेरै देशले छोडिसकेका छन् । नेपालले पनि सैद्धान्तिक रुपमा असंलग्न नीति लिएको भनिए पनि यो नीतिको विपरीत धेरै निर्णयहरु गरिसकेको छ । विश्व मानचित्रमा भौगोलिक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिँदै गएको नेपालमा अब विश्वका शक्तिराष्ट्रले पनि चासो देखाउन थालेका छन् । विगतमा युरोप र अमेरिकामा रहेको शक्तिकेन्द्र सरेर हाम्रा छिमेकी देशहरु चीन र भारतमा आइपुगेको छ । विश्वको शक्तिशाली राष्ट्र बन्ने बाटोमा रहेका यी दुई देशहरुको बीचमा रहेको नेपालमा उनीहरुसँगै अमेरिका र पश्चिमा शक्तिको पनि चासो रहेको स्पष्ट रुपमा देखिन्छ । यस्तो अवस्थामा नेपाल असंलग्न रहिरहने अवस्था रहँदैन । हालै राष्ट्रसंघको चुनावमा रुस–युक्रेन युद्धको विषयमा युक्रेनको पक्षमा मतदान गरेर होस् वा अमेरिकाको एमसीसी, चीनको बीआरआई लगायत परियोजना स्वीकार गरेर होस् नेपालले आफ्नो स्वार्थ र हितका लागि असंलग्नताको नीतिबाट एक कदम अघि बढेको महसुस गर्न सकिन्छ ।

विश्वका थुपै राष्ट्रले अहिले आफ्नो हितका लागि विश्वका विभिन्न मञ्चहरुको उपयोग गरिरहेका छन् । नेपालले पनि आफ्नो आर्थिक उन्नयनका लागि त्यस्ता मञ्चको सदुपयोग गर्नु आवश्यक छ । नेपालजस्तो अल्पविकसित र गरिब राष्ट्रले आफ्नो विकासमा नै बाधा पुग्नेगरी असंलग्न रहनु भन्दा विकासका बहुआयामिक प्रयासहरुमा जोड दिनुपर्छ । उदाहरणका लागि भारतले रुससँग सम्बन्ध पनि राखेको छ भने रुसको शत्रु मानिने अमेरिकाको गठबन्धन क्वाडमा पनि सहभागिता जनाएको छ । यसले भारत आफ्नो चौतर्फी विकासका लागि कसरी विश्वमञ्चको सदुपयोग गर्ने भन्नेमा चनाखो रहेको बुझ्न सकिन्छ ।

त्यसैले हामीले पनि निरपेक्ष असंलग्नताको हैन, सार्थक र परिणाममुखी संलग्नताको विदेश नीति अपनाउन आवश्यक छ । यसका लागि संविधानले बाधा पु¥याएको भए त्यसको समेत संशोधन गर्न आवश्यक हुन्छ । दुई छिमेकी देशमा बढिरहेको विश्वबजारको उपयोग र विकासका लागि आवश्यक सम्बन्धमा विकासमा जोड दिनुपर्छ । समकालीन विश्व परिस्थितिबारे हाम्रा शास्त्रीय सोच र पूर्वाग्राही धारणाहरू अपर्याप्त मात्र हैन, कतिपय दृष्टिकोणले विपरीत पनि हुनसक्छन् । त्यसैले विश्व शक्तिसन्तुलन, समीकरण, सम्भावना र चुनौतीको नयाँ विश्लेषण र समझदारी आवश्यक छ, आगे राजनीतिका ठेकेदारहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

११ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक