वीरगञ्ज – पर्सा प्रहरीले लागुऔषधसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।
लागुऔषधसहित प्रहरीले चितवनको खैरनी नगरपालिका–२ पर्साटोल बस्ने २० वर्षीय सुनिल विकलाई पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै बसबाट विकलाई लागुऔषधसहित पक्राउ गरेको हो।
उनको साथबाट लागुऔषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।
पक्राउ परेका विकलाई लागुऔषधसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही अघि बढाइएको गिरीले बताए।