बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फोहोर व्यवस्थापन गर्नका लागि बसेको बैठक बिना निष्कर्ष सकियो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
फोहोर व्यवस्थापन गर्नका लागि बसेको बैठक बिना निष्कर्ष सकियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ।

तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो।

बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरू र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको छ। बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निष्कर्ष सकिएको बताए।

छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने बताए। उनले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीहरूले फोहोरको गाडीहरू रोकिरहेकाले स्थानीयबासीहरूको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताए।

उनले तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र फोहोरबाट फैलिएको दुर्गन्धलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको बताए। उनले छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगाहरू फैलिएकाले स्थानीयहरूलाई बस्न अप्ठ्यारो भएकाले तत्काल झिँगा नियन्त्रण गर्ने र फोहोर विसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएकाले टाढासम्म दुर्गन्ध रोक्ने बताए।

उनले झिँगा नियन्त्रण र माटो क्यापिङ लागि महानगरसँग बसेर निचोडमा पुग्ने बताए। उनले क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सीमाकंन हटाएकाले त्यसलाई पुनःसिमांकन गरेर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउने बताए।

उनले  क्यापिङ भएपछि धेरै कुराहरूको निराकरण हुने जिकिर गरे। उनले फोहोर मान्छेसँगै बस्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीहरूलाई मुआब्जा दिएर स्थान्तरण गर्न इआइए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताए। उनले इआइए प्रतिवेदन आएपछि प्रभावित क्षेत्रका स्थानीयहरूलाई मुआब्जा दिएर स्थानान्तरण गरिने बताए।

त्यस्तै ककनी गाउँपालिका वडा न.३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको बताए। उनले आइतबार काठमाडौं महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरूसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निष्कर्षमा पुग्ने बताए। उनले तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको जानकारी दिए।

उनले झिँगा नियन्त्रण गर्न सरकारले पहल गर्ने बताएको बताए। उनले वातावरण प्रभाव मूल्याङ्कनको लागि नास्टका वैज्ञानिक डा.भोजराज पन्तको अध्यक्षतामा बिहीबारदेखि फिल्डमा जाने सहमति भएको उल्लेख गरे। उनले अव्यवस्थित रुपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने बताए।

उनले सरकारसँग फोहोर व्यवस्थापनको लागि सधैँ लडाई गर्ने भन्दा पनि अब एक पटक सम्बोधन गर्ने भनेको काम गर्ने समय दिने बताए।

यो पनि पढ्नुहोस्

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

२ हप्ता अगाडि
देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक