सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कांग्रेस केन्द्रीय समिति बैठकका १० एजेन्डा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कांग्रेस केन्द्रीय समिति बैठकका १० एजेन्डा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ /  नेपाली काँग्रेस पार्टीले मंगलरबादेखि बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दशवटा एजेण्डा तय गरिएको जानकारी दिए। उनले  पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने बताए।

त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले  जानकारी दिए। उनले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गरे।

केन्द्रीय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ । अरु एजेण्डामा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

बैठकको एजेण्डाबारे जानकारी गराउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने – ‘पहिलो, बैठकमा समसामयिक विषय भनेर प्रस्तावित हुन्छ । जसमा अहिलेको विद्यमान राजनीतिक सन्दर्भ, आर्थिक, सामाजिक सन्दर्भ, परराष्ट्रसँग सम्बन्धित सन्दर्भ, शासनसँग सम्बन्धित सन्दर्भ, सुशासनसँग सम्बन्धित सन्दर्भ यि समग्र विषय समसामयिक विषयभित्र पर्दछन् । दोस्रो, सांगठनिक कार्ययोजना र कार्यतालिका बैठकमा प्रश्तावित हुन्छ र पार्टीको निर्वाचन समितिमार्फत गर्नुपर्ने कतिपय कामहरु छन् ती कामहरुको बारेमा बैठकमा प्रस्ताव हुन्छ । तेस्रो, यसबीचमा कार्यसम्पादन समितिले जे जस्ता निर्णयहरु हामीले गरेका छौँ, ति विषय अनुमोदनका लागि प्रस्तावका रुपमा प्रश्तुत हुन्छ । चौथो, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन बैठकमा प्रस्तुत हुन्छ ।’

त्यस्तै उनले थपे,  ‘पाँचौ, भोलिको बैठकमा नीति अधिवेशन सम्बन्धि केही खाका प्रस्तावित हुन्छ । बैठक टुंगिदै गर्दा हामी सार्वजनिक गर्नेछौँ, कांग्रेसको आगामी नीति अधिवेशनको मिति, तिथि, स्थान, पक्रिया र सहभागिताको सन्दर्भमा । छैठौँ, केही विभागहरु थप्नुपर्ने र केही विभागहरुको कामको व्याख्या गर्नुपर्ने आवश्यकता छ त्यसकारण भोलि विभाग गठन सम्बन्धी प्रस्ताव हुन्छ । सातौँ, यो बैठक टुंंगिँदै गर्दा एउटा राष्ट्रवादी अभियान, अभियानको नाम, अभियानको उद्देश्य, अभियानको खाका प्रश्तावित गर्छौं। आठौँ, अनुशासन समितिले अनुशासन सम्बन्धि प्रतिवेदन पेश गर्दछ । पार्टीका अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रस्तुत गर्नुहुन्छ । नवौँ, प्रतिनिधि सभाका यस बिचमा के–कस्ता गतिविधि भएका छन्, हामीले गरिरहेको भूमिका के छ, त्यहाँ कस्ता विधेयकहरु आएका छन्, त्यहाँ भइरहेको हाम्रो समग्र प्रस्तुतिबारे पार्टीको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकलाई जानकारी गराउनुहुन्छ । दशौँ, पार्टी सरकारमा भएको सन्दर्भ समेटेर पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारमा रहेर हाम्रो भइरहेका गतिविधिहरुको सन्दर्भमा बैठकमा जानकारी गराउनुहुन्छ ।’

उनले बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताए। कांग्रेस केन्द्रिय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२२ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

आज लक्ष्मी पूजा

खस्क्यो डलरको साम्राज्य

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक