आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य पर्यटन

पर्यटकलाई आकर्षित गर्दै लम्जुङको गाईखुरे झरना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पर्यटकलाई आकर्षित गर्दै लम्जुङको गाईखुरे झरना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लमजुङ ।  झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । ८० मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको फेद पुगुपुगु लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ ।

विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन् । मर्स्याङ्दी नदी नजिकै यो झरना रहेको छ । बेँसीसहर नगरपालिका-१ दलालस्थित गाईखुरे झरना डुम्रे-बेँसीसहर सडक नजिकै पर्छ ।

एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक तीन सयजति पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा यसको दोब्बर पर्यटक झरनामा हुन्छन् ।

यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीय बताउँछन् । झरनामा आएका आन्तरिक पर्यटक आदेश श्रेष्ठले भने,  ‘छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिँदा मन फुरुङ्ग हुन्छ, सङ्लो पानी झर्झर् झर्दै झरिरहेको यस झरना मा पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ ।’

झरनाको शीतलतासँगै सेल्फी खिच्दा रमाइलो हुने बेँसीसहर नगरपालिका वडा नं ८ शेराफाँटबाट आएका आन्तरिक पर्यटक सिर्जना श्रेष्ठले बताए ।  आफू मात्र नभई साथीहरुसँग झरना हेर्न, दिन कटाउन र झरनाको मज्जा लिन आउने गरेको उनको भनाइ छ ।

अन्य ठाउँकोभन्दा यस ठाउँमा पौडी खेल्न मन लागेकाले झरनामा आएको तनहुँबाट आएका अर्का पर्यटक योगेश घिमिरेले बताए ।  झरनासँग रमाउँदा दिन बितेको पत्तो नै नहुने उनको भनाइ छ । यस झरनामा बालबालिकादेखि युवायुवतीको भीड बढी हुन्छ ।

यस झरनामा यतिबेला बर्खाको समयमा समेत पर्यटकको भीड लागिराखेकाले झरना नजिकै विभिन्न सानासाना पसलसमेत सञ्चालन हुन थालेका छन् ।

स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए । सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभई साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ ।

यतिका पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि नगरपालिकाले अन्य सङ्घसंस्थासँग मिलेर झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी रहेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए।

उनले भने, ‘यस झरनालाई बाह्रै महिना पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेका छौँ ।’ झरनालाई व्यवस्थित गर्न र पर्यटकको आकर्षणस्थल बनाउनका लागि निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको उहाँको भनाइ छ ।

उनका अनुसार यस मस्र्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तर आइरहने बनाउने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङ स्थल बनाइने भएको छ । त्यस्तै सो झरनामा क्यानोनिङ तथा र्‍याफ्टिङसमेत सञ्चालन गरिने उनी बताउँछन् ।

चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यो बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने अपेक्षा नगरपालिकाको छ । गाईखुरे झरना बर्सेनि असारदेखि असोजसम्म झर्ने गर्दछ ।

यस गाईखुरे झरनाबाहेक चक्रिय अन्नपूर्ण पदमार्गको छेउमै पर्ने मस्र्याङ्दी गाउँपालिकास्थित हामफाले (भुलभुले) झरनाले समेत आन्तरिक तथा बाह्य पर्यटकको मन आकर्षित गरेको छ । यस झरनामा समेत जिल्लाका बेँसीसहर, खुदी, चनौटेलगायत दर्जनौँ स्थानबाट मात्र नभई विभिन्न जिल्लाबाट समेत झरनाको मनोरम दृश्य हेर्न आउने गरेका स्थानीयको भनाइ छ ।

केही वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब रु १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे पुललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा पर्यटकका लागि उपयुक्त गन्तव्यमध्ये एक बनाउने तयारीमा गाउँपालिका रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

त्यस्तै गाउँपालिकाकै वडा नं ४ मिप्रामा रहेको स्याग्रे झरनासमेत पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यस झरनामा समेत सयौँ युवायुवती पुग्ने गरेको स्थानीयको भनाइ छ ।

यतिबेला बर्खायामको बेलामा समेत उक्त झरनामा पर्यटकको भीड बढ्दै गएको छ । रासस

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

१ महिना अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक