काठमाडौं / बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टिमले दोस्रो मैत्रिपूर्ण खेलमा घरेलु टोलीलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै विजेता बनेको छ।
पहिलो मैत्रिपूर्ण खेलमा १-१ गोलको बराबरी भएपछि दोस्रो मैत्रिपूर्ण खेलमा भने पेनाल्टीमार्फत विजेताको तय गरिएको थियो। दुबै टिमले निर्धारित समय गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लियो।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाल विरुद्ध घरेलु टोलिले पहिलो तथा दोस्रो हाफमा दबाब राखेपनि नेपाली डिफेन्स र गोलरक्षकलाई तोड्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ नेपालले खेल आफ्नो पक्षमा पार्दै घरेलु टोलीलाई साफ पछि पराजित गर्न सफल भयो।
निर्धारित समय पछि सिंधै पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिएको थियो। जसा नेपालका लागि सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही र अनिता केसीले गोल गर्दा अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरिएको थियो।
बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहार गोलमा परिणत भएपनि मारिया मण्डा र सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाउँदै नेपालको जित निश्चित गरेकी थिइन।
यसअघि भएको पहिलो मैत्रिपूर्ण खेलमा सावित्रा भण्डारीले इन्जुरी समयमा टिमको हार टारेकी थिइन्। त्यसअघि सविना खातुनको गोलमा बंगलादेशले दोस्रो हाफमा अग्रता लिएको थियो।
गत वर्ष काठमाडौं साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशसँग ३-१ ले पराजित भएको थियो। जसको बदला मैत्रिपूर्ण खेलको पेनाल्टी सुटआउटबाट नेपालले आइतबार लिन सफल भयो।