काठमाडाैं । देशमा बढिरहेको खर्च घटाउन नेपाली सेनाको संख्या कटौती गर्नुपर्ने धारणा राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले विवादमा परेका छन्।
डा. वाग्लेले प्रतिनिधि सभाको वैठकमा वोल्दै श्रीलंकामा एक तिहाईले सेनाको संख्या घटाइएको उदाहरण दिएर नेपालमा ९० हजार सेना आवश्यक नरहेको तर्क गरेका थिए । माओवादी द्वन्द्व हुनु अघि नेपाली सेनाको संख्या ४५ हजार रहेको र माओवादीसँग लड्ने नाममा बढाएर ९० हजार पुर्याइएको उनको भनाई छ।
त्यस्तै नेपाली सेनाका पूर्व जनरल डाक्टर प्रेम सिंह बस्न्यातले पनि नेपाली सेनालाईदेखि नसक्ने भनेर डाक्टर स्वर्णिम वाग्ले र अर्थमन्त्री डाक्टर प्रकाश शरण महतमाथि रोष प्रकट गरेका छन् । बस्न्यातले लेखेका छन् – रवि लामिछानेको दौरा समातेर माननीय भएका एमसीसीका पुत्र । ओक्र्यो सेनाकै कुरा काट्ने, फक्र्यो सेनाकै कुरा काट्ने ?’
त्यसपछि वाग्लेले आफ्नो अभिब्यक्तिका विषयमा प्रष्टिकरण दिएका छन्। उनले सुरक्षा निकायको सहमतिमै संख्या घटाउन वा बढाउन सकिने बताएका छन् । ‘नेपाली सेनाको गौरवशाली इतिहास छ । यो संस्थाको शान झन् बढाउँदै लानुपर्छ । जिम्मेवार सांसदका रूपमा बोल्नुअघि मैले प्रधान सेनापतिज्यूसँग नै भेटेर छलफल गरेँ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘अहिलेको आकारबाट धेरै काम गर्नुपर्दा सैनिक संस्था चापमै रहेको बुझेँ र उहाँको यो कुरा मैले संसद्मै राखेँ । अबको बाटो भनेको एकीकृत सुधारको योजना तीन वटै सुरक्षा निकाय आफैले पेस गरुन् र त्यो प्रक्रियामा राजनीतिक सहमति होस, जे गरिन्छ, सुरक्षा निकायकै सम्मतिमा गर्नुपर्छ ।’
‘आवश्यक भए संख्या बढाउने, आधुनिकीकरण मार्फत कुल संख्या घटाउने, वा यथावत् राख्ने’ भन्दै उनले बोझिलो बन्दै गएको सङ्घीयता र कर्मचारी संयन्त्रमा पनि सुधार आफश्यक रहेको वताएका छन्।