काठमाडौँ – एसीसी इमर्जिङ टिम्स कपमा पाकिस्तान ‘ए’विरुद्ध नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाल लगातार विकेट पतन भए पनि नवौं नम्बरमा ब्याटिङका लागि आएका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेलेपछि नेपालले १७९ रनको स्कोर बनाएको हो।
नेपालका लागि सोमपालबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। सोमपालले नवौं विकेटका लागि प्रतिश जिसीसँग ७० बलमा ५८ रनको साझेदारी गर्दै टिमलाई ७२ रनबाट १३० रनको अवस्थामा पुर्याएका थिए। जिसीले २४ बलमा २६ रनको इनिङ खेलेका थिए। त्यसपछि ललितसँग अन्तिम विकेटका लागि ४९ रनको साझेदारी गरे।
नेपालका लागि दोहोरो स्कोरका रुपमा अर्जुन साउदले १७ रन जोड्दा ओपनर आसिफ शेखले १२ रन बनाएका थिए। त्यस्तै, कुशल मल्ल १७ रन बनाउँदा गुल्सन झाले १३ रन बनाएका थिए। पाकिस्तानका लागि शनवाज दहानीले ५ विकेट लिँदा महम्मद वासिमले ४ विकेट लिएका थिए।