शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ
जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको अन्त्य’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।

“एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकि यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,” एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम (यूएनएड्स) ले भनेको छ ।

युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भन्नुभयो, “हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।”

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य सन् २०१५ मा लिएको थियो । ब्यानिमाका अनुसार एचआईभी अर्थात् एड्स गराउने भाइरसबारे सबैभन्दा ठूलो प्रगति ती देश र क्षेत्रमा भइरहेको छ, जसले कडा लगानी गरेका छन् ।

उहाँले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भन्नुभयो, “ती मुलुकमा सन् २०१० यता नयाँ एचआईभी सङ्क्रमण ५७ प्रतिशतले घटेको छ ।”

बोत्सवाना, इस्वातिनी, रूवान्डा, तान्जानिया र जिम्बाब्वेले ९५–९५–९५ को लक्ष्य हासिल गरिसकेका छन् । यसको अर्थ एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ । एचआइभी भएको थाहा पाएकामध्ये ९५ प्रतिशत उनीहरूले आफूलाई जीवन बचाउने एन्टी–रेट्रोभाइरल उपचार गराइरहेका छन् । सङ्क्रमितमध्ये ९५ प्रतिशत मानिसहरू सङ्क्रमणलाई दबाउन उपचार गरिरहेका छन् । त्यसैले अरूलाई सङ्क्रमित गर्ने सम्भावना छैन ।

कम्तीमा पनि १६ वटा अन्य देश यो लक्ष्य हासिल गर्ने उद्देश्यको नजिक पुगेका छन् । ९५ प्रतिशतको लक्ष्य हाँशिल गर्ने मुलुकमा ६५ प्रतिशत एचआइभी सङ्क्रमित बसोबास गर्ने उप–सहारा अफ्रिकाका आठ र डेनमार्क, कुवेत र थाइल्याण्डलगायत आठ मुलुक रहेका छन् ।

युएनएड्सले एक प्रतिवेदनमा भनेको छ, “दुई दशकअघि एड्सको महामारी रोक्न नसकिने जस्तो देखिन्थ्यो, हरेक वर्ष २५ लाखभन्दा बढी मानिस एचआईभी सङ्क्रमित हुने र एड्सले वार्षिक २० लाख मानिसको ज्यान लिने गरेको थियो । तर अहिले त्यो चित्र नाटकीय रूपमा फरक छ ।”

युएनएड्सका अनुसार सन् २०२२ मा विश्वमा तीन करोड ९० लाख मानिस एचआइभी सङ्क्रमित थिए जसमध्ये दुई करोड ९८ लाखले एन्टी रेट्रोभाइरल थेरापीको प्रयोग गरिरहेका छन् । यो सेवाबाट छुट्टनेमा छ लाख ६० हजार बालबालिका रहेका छन् ।

सन् २०१० मा एन्टी–रेट्रोभाइरल उपचारको सङ्ख्या ७७ लाख रहेकोमा अहिले चार गुणाले वृद्धि भएको छ ।

यसबाहेक, एचआईभी सङ्क्रमित ८२ प्रतिशत गर्भवती र स्तनपान गराउने महिलाहरूले सन् २०२२ मा एन्टी–रेट्रोभाइरल उपचारको पहुँच पाएका थिए । यो सङ्ख्यासन् २०१० मा ४६ प्रतिशत थियो ।

गत वर्ष करिब १३ लाख मानिस एचआइभी सङ्क्रमित भएका थिए, जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले कम हो ।

यसैबीच एड्ससँग सम्बन्धित रोगका कारण छ लाख ३० हजार मानिसको मृत्यु भएको र मोजाम्बिकलगायतका देशमा यो अझै पनि ‘मृत्युको एक नम्बर कारण’ रहेको ब्यानिमाले बताउनुभयो ।

सन् २००४ को तुलनामा एड्सका कारण हुने मृत्युको सङ्ख्या मा ६९ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

“एड्सको अन्त्य एउटा अवसर हो,” ब्यानिमाले भन्नुभयो । “आजको विश्व नेतृत्वलाई ‘संसारको सबैभन्दा घातक महामारीलाई रोक्नेहरूका रूपमा सम्झने अवसर  प्रदान गर्न यसको नियनत्रणमा उनीहरूले खेल्ने भूमिका रहने छ ।”

सन् २०२२ मा एचआइभीका लागि दिइने अनुदान २०.८ अर्ब डलरमा झरेको छ, जुन सन् २०१३ को जस्तै हो र सन् २०२५ सम्ममा आवश्यक पर्ने २९.३ अर्ब डलरभन्दा निकै कम हो ।

“मुख्य जनसङ्ख्या वा उनीहरूको व्यवहारबाट मानिसहरूलाई अपराधीकरण गर्ने कानूनहरू धेरै राष्ट्रहरूमा लागू छन्,” लागूऔषध इन्जेक्टरहरूको अपराधीकरण र कलङ्कले उनीहरूलाई उपचारको लागि अगाडि आउनबाट रोक्छ भन्ने उदाहरण दिँदै यूएनएड्सले भनेको छ ।

सन् २०२२ मा १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कको तुलनामा पुरुषसँग यौन सम्बन्ध राख्ने पुरूष एचआईभीको सङ्क्रमण ११ गुणा बढी देखिएको थियो भने यौनकर्मीहरूमा चार गुणा बढीस लागूपदार्थको सुई लगाउने मानिसमा सात गुणा बढी र ट्रान्सजेन्डर व्यक्तिहरूमा १४ गुणा बढी छ । रासस/एएफपी

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

४ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

४ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

४ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

४ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

४ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist