एजेन्सी । भारतले चन्द्रयान–३ शुक्रबार लन्च गरेको छ । यो यान २३–२४ अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव म्याजिनिस यूमा अवतरण गर्नेछ । यसलाई एलभीएम३–एम४ रकेटबाट प्रक्षेपण गरिएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् । रकेटले १६ मिनेटमा १७९ किलोमिटरमाथि लगेर अन्तरिक्षमा धकेलेको थियो । चन्द्रमाको कक्षमा प्रवेश गर्नुअघि यो यानले चारपटक पृथ्वीको चक्कर लगाउने छ ।
चन्द्रमाको बाहिरी कक्षमा यो यान पाँच अगस्टको आसपासमा पुग्ने जनाइएको छ । चन्द्रमाको कक्षमा पुगेपछि विक्रम ल्यान्डर र रोभर प्रोपल्सन मड्युल छुट्टिनेछन् । ल्याडिङको स्थान विक्रम ल्यान्डरले आफैँ चयन गर्ने जनाइएको छ ।