शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जनयुद्ध, देशको नेतृत्वमा प्रचण्ड र जनअपेक्षा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

नेपालको राजनीतिक इतिहासको चर्चा गर्दा कहिल्यै नछुट्ने पात्र हुन्, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । हाल प्रधानमन्त्री रहेका प्रचण्ड नेपालको राजनीतिक इतिहासको प्रमुख पात्र मानिनुको कारण हो, उनले नेतृत्वको गरेको जनयुद्ध, त्यसपद्धिको जनआन्दोलन र देशमा गणतन्त्र तथा लोकतन्त्रको स्थापना, राजतन्त्रको अन्त्य । देशमा केही दशकयता देखिएको तमाम परिवर्तनहरु, जसमा प्रचण्ड कुनै न कुनै रुपमा जोडिएका छन् ।
तत्कालीन जनयुद्धबाट चर्चामा आएका प्रचण्डले एक दशकसम्म जनयुद्धको नेतृत्वमा रहे । ५० को दशकमा राजनीतिक दलहरुको खिचातानी र राजनीतिमा राजतन्त्रको अस्वाभाविक हस्तक्षेपका कारण जनता राजनीतिप्रति वितृष्णाको अवस्थामा पुगिसकेका थिए । त्यतिबेला एक वर्ष पनि नटिक्ने सरकारबाट देशको अर्थतन्त्र, राजनीतिक व्यवस्था, संसदीय प्रणाली सबै संकटमा पुगेको अनुमान लगाउन सकिन्छ । ससाना राजनीतिक दलहरु पनि सत्ताको जोडघटाउका लागि प्रमुख बन्दा सत्ता परिवर्तन बच्चाको खेलजस्तै भइसकेको थियो । त्यसमा तत्कालीन राजदरबारमा रहेका सदस्यहरुको पनि स्वार्थ जोडिएपछि त यो फोहोरी खेल अझै फस्टाएको थियो ।

त्यही बेलामा तत्कालीन माओवादीले विभिन्न माग राख्दै देशमा जनयुद्ध सुरु गरेको थियो । माओवादीकै त्यही जनयुद्धको बलमा देशमा गणतन्त्र स्थापना भयो भने राजतन्त्रको अन्त्य पनि । धर्मनिरपेक्षतालगायत नयाँ नयाँ एजेन्डामा पनि सहमति भयो । जनयुद्ध गर्नुको अर्को उद्देश्य समाजको पिँधमा रहेका सर्वहारावर्गको उत्थान पनि थियो । नेपालमा लामो समयदेखि जरा गाडेर बसेको सामन्तवादका कारण गरिब, किसान, मजदुर वर्ग अन्याय अत्याचारको शिकार हुँदै आएका थिए । राज्यमा उनीहरुको पहुँच अत्यन्त न्यून थियो । एउटा वर्ग सधैं धनी भइरहने र अर्को वर्ग गरिबीको भूमरीमा फसिरहने अवस्था पनि थियो । जनयुद्धमा जनताको साथ यिनै तमाम मुद्दाहरुको लागि थियो, जसको नेतृत्व प्रचण्डले गरेका थिए । नेतृत्वकर्ताका कारण प्रचण्डबाट कुनै बेला सत्तामा पुगेपछि यी मुद्दाहरुमा सम्बोधन होला भन्ने अपेक्षा गरिएको थियो ।

जनयुद्ध सकिएर देशमा जनआन्दोलनको बलमा नयाँ व्यवस्था बदलिएको पनि वर्षौं भइसकेको छ । यसबीचमा माओवादी पनि पटकपटक सरकारमा सहभागी भएको छ । प्रचण्ड हालको गरी तीनपटक प्रधानमन्त्री भइसकेका छन् । के जनयुद्धमा माओवादीले गरेका वाचा पूरा भए त रु के जनताले गरेको अपेक्षा सम्भव भए त रु जनयुद्धको जुन उद्देश्य थियो, त्यसमा माओवादी नेताहरुको विचलनका कारण केही समस्या देखिएका छन् । यद्यपि, जनयुद्धको कुनै उपलब्धि नै भएन भन्न तर्क गर्न मिल्दैन । राज्यमा समावेशी उपस्थिति, व्यवस्था परिवर्तन र नगन्य रुपमा भए पनि केही परिवर्तन देखिएको छ । तर, लामो समयदेखि अविकासको चपेटामा परेको नेपालका लागि यतिले मात्र पर्याप्त थिएन । त्यही कारण पनि माओवादी र प्रचण्डप्रति जुन जनअपेक्षा थियो, त्यो पूरा हुन सकेको देखिँदैन ।

शान्ति प्रक्रिया मूलधारको राजनीतिमा आएको माओवादी त्यसयता पटकपटक सरकारमा सहभागी भएको छ । तर, उत्तिकै मात्रामा पार्टीमा टुटफुटको अवस्था पनि बनेको छ । जनताले पहिलो संविधानसभाको निर्वाचनताका माओवादीले विशाल मत दिएर पहिलो पार्टी बनाएका थिए । तर, त्यसलाई उपयोग गर्न भने माओवादीले सकेन । माओवादीका केही नेता नै भ्रष्टाचार, अनियमितामा संलग्न हुँदा, पुँजीवादी दलाल व्यवस्थालाई पक्षपोषण र बिचौलियासँग घाँटी जोड्दा उनीहरुले जनताको मात्र होइन, आफ्नै साथीको पनि साथ गुमाए । फलस्वरुप पहिलो पार्टीबाट घट्दै माओवादी अहिले तेस्रो नम्बरमा झरेको छ । माओवादी अब गठबन्धन नगरी चुनावमा खडा हुन नसक्ने अवस्थामा आएको छ । अहिले माओवादीले पाएको सिट संख्या पनि अत्यन्त न्यून छ ।

जनयुद्ध, शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आई यतिका वर्ष शक्तिको केन्द्रमा रहेका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको क्रान्तिताकाको ओज पनि घट्दै गएको छ । उनी स्वयं विगतका आफ्नै गल्तीहरुले घेरिएका छन्, परिवारवादको आरोपले आलोचित भएका छन् । तर, प्रचण्ड आफूले गरेको गल्तीलाई स्वीकार्न हिच्किचाउँदैनन् पनि । आफ्नो कार्यकाल धेरै नभएको स्वीकार्छन् पनि । यसबीचमा समग्र जनयुद्धको विरासत र माओवादीको भविष्यको जिम्मेवारी प्रचण्डको काँधमा छ । दशकौंदेखि माओवादीको एकक्षत्र रुपमा नेतृत्व गरिरहेका प्रचण्डलाई अब यो पार्टीलाई अन्तिम अवस्थामा पु¥याउने वा फेरि पुनर्जागरणमा ल्याउने अवसर पनि छ । प्रधानमन्त्रीको यस कालमा उनले भ्रष्टाचारको फाइल खोलेर केही काम देखाउने प्रयास पनि गरेका छन् । यदि त्यसलाई टुंगोमा पु¥याउने उनको कार्यकाल तारिफयोग्य नै हुनेछ । माओवादीले पनि गुमेको विरासत फेरि पाउने सम्भावना रहनेछ । यसका लागि कमरेड प्रचण्डले पनि यो कार्यकाललाई जनअपेक्षा पूरा गर्ने आफ्नो अन्तिम अवसरको रुपमा लिन जरुरी छ ।आगे ञभावुकझ कमरेड प्रचण्डलाई चेतना भया !  जनधारणा साप्ताहिकबाट

 

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

कर्मचारी ट्रेड युनियन ऐन भत्काउने अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक