आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

कम्युनिस्टहरुबीच एकता समयको आवश्यकता !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालका कम्युनिस्ट दलहरुबीचको एकताको चर्चा फेरि सुरु भएको छ । विगतमा तत्कालीन दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि त्यो गठबन्धन लामो समयसम्म टिक्न सकेन । नेकपा विभाजन केही वर्षमा नै फेरि यसको आवश्यकता र औचित्यमाथि चर्चा सुरु भएको हो । हालै मात्र सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच कार्यगत एकताका लागि समाजवादी मोर्चा गठन भएको छ । त्यसयता नै अब कम्युनिस्ट पार्टीहरुबीच पनि एकताको आवश्यकताबारे छलफल सुरु भएको छ ।

हाल सत्तामा रहेको माओवादी नेकपा भंग भएयता नेपाली कांग्रेससँगको गठबन्धनमा छ । गत पुसमा नयाँ सरकार गठन हुने समयताका कांग्रेसले समर्थन नगरेपछि पुष्पकमल दाहाल प्रचण्ड एमालेलगायत दलको सहयोगमा प्रधानमन्त्री बनेका थिए । तर, पछि राष्ट्रपति चुनावमा फेरि कांग्रेसलाई समर्थन गर्ने भएपछि माओवादीको एमालेसँगको गठबन्धन टुटेको थियो । तर, तिनै प्रचण्ड फेरि नेकपा ब्युँताउने अभिलाषमा छन् । विभिन्न सार्वजनिक मञ्चबाट उनले नेकपातिरै फर्किने मनसाय बनाएको र कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखिरहेका छन् । एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने उनको भनाइ छ ।

विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेकाले नेपालमा पनि त्यही समस्या देखिएको प्रचण्डले जनाएका छन् ।

हालको सत्ता गठबन्धन हेर्दा पनि यो प्राकृतिक देखिँदैन । सत्ताघटक मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सैद्धान्तिक, नीतिगत र उद्देश्यगत हिसाबले पनि कुनै मेल देखिँदैन । वामपन्थी दल माओवादीको सिद्धान्त कम्युनिस्ट दर्शन प्रेरित र गन्तव्य समाजवाद छ । अन्य कम्युनिस्ट दलको वास्तविक सिद्धान्त र गन्तव्य यही हो । तर, दक्षिणपन्थी दल कांग्रेस पुँजीवादलाई प्रोत्साहन गर्ने र त्यहीअनुसार गतिविधि गर्दै आएको पार्टी हो । त्यसकारण यी दुई दलबीचको सहकार्य केवल सत्ताप्रेरित र शक्तिको बाँडफाँटमा मात्र आधारित छ भन्नु कुनै अत्युक्ति हुँदैन । सत्ताको सन्तुलन नमिल्दा यी दुई दलबीचको गठबन्धनमा समस्या आएको हामीले देखेकै छौं ।

त्यसकारण कम्युनिस्ट दलहरुबीचको एकता होस् वा गठबन्धन त्यो नै प्राकृति र देशका लागि हितकारक हुन्छ । यी दलहरुको गन्तव्य पनि स्पष्ट छ, समाजबाद १ तर अहिले पनि सहयात्रा समाजवाद विरोधीहरुसँग चलिरहेको छ । यदि बाटो नै गलत छ भने गन्तव्यमा पुग्न असम्भव नै हुन्छ । इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र बिश्वलाई पनि देशको हितमै बुझ्न प्रयास गर्ने हो भने नेकपा ब्यूँताउनै पर्छ । तर, यस क्रममा विगतमा जस्तो जनताको आशा सृजना गरेर त्यसलाई बीचमै निमोठ्ने प्रयास नेताहरुबाट गर्नुहुँदैन । विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् , आगे सबैलाई चेतना भया !    -जनधारणा साप्ताहिकबाट

 

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

२ घण्टा अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक