मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

आत्महत्या दुरुत्साहन आरोपमा तीन जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आत्महत्या दुरुत्साहन आरोपमा तीन जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रेपलाञ्चोक। आत्महत्या दुरुत्साहन आरोपमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका वडा अध्यक्ष, महिला सदस्यसहित तीन जना   पक्राउ परेका छन् । प्रहरीले भुम्लु गाउँपालिका –१ सापिङका ६८ वर्षीय ठडिन्द्रबहादुर पन्तको आत्महत्या दुरुत्साहनमा सोही वडाका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, महिला सदस्य दानकुमारी महत (खत्री) र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले ठडेन्द्रबहादुर पन्तको आत्महत्या दुरुत्साहनमा वडा अध्यक्ष श्रेष्ठसहित तीन जनालाई पक्राउ गरिएको जनाउनुभयो ।

ठडिन्द्र असार १० गते लप्सीको बोटमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्षसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८५ बमोजिम मुद्दा दर्तागरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जनाउनुभयो ।

उहाँले आत्महत्या दुरुत्साहन मुद्दामा दुरुत्साहन दिने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको जनाउनुभयो । यसैबीच ठडिन्द्रको मृत्यु भएको १७ दिन बितिसक्दा पनि अहिलेसम्म शव पोष्टमार्टम हुन सकेको छैन । शव पोष्टमार्टमका लागि परिवार तथा आफन्तजन नआएका कारण पन्तको शव धुलिखेल अस्पतालमा राखिएको छ ।

वि.सं. २०७५ फागुन २ गते ठडिन्द्रका श्रीमती भोजकुमारी बानियाँको नाममा रहेको एक रोपनी चार आना दुई पैसा क्षेत्रफलको जमिनबाट गाउँमा रहेको भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि तीन आना जग्गा ३० हजार रुपियाँमा उपलब्ध गराउने सहमति भएको थियो ।

समूहलाई जग्गा दिने सहमतिपछि ठडिन्द्रको परिवारका सदस्यले सस्तोमा जग्गा दिएको भन्दै परिवारमा विवाद हुँदैआएका कारण ठडिन्द्रले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले घटनाको अनुसन्धान सुरु भएको र अनुसन्धानपछि मात्रै यथार्थ विवरण आउने जनाएको छ ।

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

३ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

बयान भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुग्लिन–नारायणगढ सडकखण्ड दुईपटक सवारी आवागमन रोकिने

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पोखराको बसपार्क क्षेत्र स्थानान्तरण गर्ने तयारी

बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक