बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वीर अस्पतालमा ओपीडी सेवा ८ बजेदेखि सञ्चालन हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
वीरका आवासीय चिकित्सकहरु आन्दोलित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ । शुक्रबार न्याम्सको परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको हो ।

अर्थात, अबदेखि अस्पतालको समय बिहान ८ देखि ४ बजेसम्म कायम गरिएको छ । हाल, बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ । न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले बिरामी बिहान चाँडै आउने र बढी भीडभाड हुने भएकाले ओपीडीलगायतका अन्य सेवा सहज बनाउन समय तालिका छिट्टै बनाइएको बताए ।

‘बिरामी सेवा लिनको ७ बजे नै अस्पताल आइसक्छन् । ९ बजेसम्म कुर्नुपर्ने भएकाले बढी भिडभाड भइरहेको छ,’ डा. बस्नेतले अनलाइनखबरसँग भने, ‘बिरामीलाई सहज र छिट्टै सेवा दिनका लागि ओपीडीलगायत अस्पतालका अन्य सेवाअबदेखि ८ बजेबाट सञ्चालन हुनेछन् ।’ अस्पतालमा ९ बजेदेखि सेवा हुँदा अस्पतालका कर्मचारी र बिरामी आउने क्रममा सवारी जाममा पर्ने समस्या देखिएकाले समय तालिका परिवर्तन गरी सेवालाई सहज बनाउन खोजिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा बिहान ८ देखि बेलुका ८ सम्म ओपीडी सेव सञ्चालन गर्ने उल्लेख गरिएको थियो । तर, यो विषयलाई बजेटले भने समेट्न सकेको थिएन । ‘अबदेखि प्रयोशाला, ओपीडी टिकट काउन्टर विहान ७ बजेनै खुलिसक्छन् । नर्सिङ सिफ्ट पनि ८ बजे परिवर्तन हुन्छ,’ डा. बस्नेतले भने, ‘अप्रेशन, ओपीडी सेवा, लगायतका अन्य सेवा विहान ८ देखि ४ बजेसम्म सञ्चालन हुनेछन् ।’ वीरमा बिरामीको चाप बिहान ८ देखि १२ बजेसम्म बढी चाप हुन्छ । त्यसैगरी, ४ बजेपछिको समय इएचएस सेवा सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए । वीरमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

आज सुनचाँदीको मूल्य घट्याे

२६ मिनेट अगाडि
पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक