शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

लिची खेतीबाट १२ करोड रुपियाँको मनग्गे आम्दानी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
लिची खेतीबाट १२ करोड रुपियाँको मनग्गे आम्दानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । गोरखाको पालुङ्टार नगरपालिकाको तीन वटा वडाका कृषकको लिची खेतीबाट मनग्गे आम्दानी गर्दैआएका छन् । सो क्षेत्रबाट मात्र यस बर्ष करिब १२ करोड रुपियाँको लिची बिक्री भएको लिची उत्पादक कृषकले जनाएका छन् ।

पालुङटार नगरपालिका –७ का तारानाथ उप्रेतीले लिची बेचेर वार्षिक तीन लाखदेखि तीन लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । गत वर्ष तीन लाखको लिची बिक्री गरेको र यस यस वर्ष तीन लाख ५० हजार रुपियाँ मुनाफा कमाउन सफल भएको उप्रेतीले जानकारी दिनुभयो ।

यो वर्ष बोटमा ठूलो र राम्रो दाना धेरै लागेकाले फाइदा धेरै भएको उप्रेतीले जानकारी दिनुभयो । १५ रोपनी जमिनमा एक सय पाँचवटा बिरुवामा फलेको लिची बिक्री गरेको उप्रेतीले सो रकम आम्दानी गर्नुभएको छ । घैया धान र मकै लगाउने बारीमा लिची खेती गरेपछि नाफा धेरै भएको उप्रतीले बताउनुभयो । कृषक उप्रेतीले भन्नुभयो, ‘‘३० हजारको घैया धान फल्ने बारीमा तीन लाखभन्दा धेरैको लिची बेचेर आम्दानी गरेको छु ।’’

 कृषक उप्रेतीले भन्नुभयो, ‘‘३० हजारको घैया धान फल्ने बारीमा तीन लाखभन्दा धेरैको लिची बेचेर आम्दानी गरेको छु ।’’ 

यसै वर्षदेखि उप्रेतीले थप १५ रोपनी जमिनमा लिची खेतीका लागि बिरुवा लगाउनुभएको छ । आगामी पाँच वर्षपछि दोब्बर बढी आम्दानी लिन खेती गरेको उप्रेतीले बताउनुभयो । विदेशमा रहेकी छोरीको १५ रोपनी जमिनमा नयाँ खेती सुरु गरेको उप्रेतीले जानकारी दिनुभयो ।

खेतमा धान लगाउनुभन्दा लिचीबाट फाइदा धेरै हुने भएकाले यो वर्ष असारमा खेत रोपाइँ नगरी ६० वटा लिचीको बिरुवा लगाएको उप्रेतीले जानकारी दिनुभयो । धान खेतीमा दुःख धेरै हुने र आम्दानी कम हुने भएकाले लिची खेती गरेको उप्रेतीले जनाउनुभयो ।

गाउँको जमिन बाँझो राखेर युवाहरु विदेश जान नहुने उप्रेतीको भनाइ छ । गाउँको जमिनमा माटोअनुसारको फलफूल, तरकारी तथा पशुपालन खेती गर्न उहाँको सुझाव छ ।  पालुङटार नगरपालिकाको वडा ६, ७ र ८ मा व्यावसायिक रुपमा लिची खेती हुँदैआए पनि कृषकहरु प्राविधिक ज्ञानको अभाव भएकाले सरकारले प्राविधिक खटाउने र बिचौलियाको अन्त्य गर्न सिधै उपभोक्तालाई बेच्ने वातावरण बनाउन भने कृषकले हालको भन्दा दोब्बर बढी नाफा कमाउन सफल हुने उप्रेतीेले जनाउनुभयो ।

उप्रेती स्थानीय अकला माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ । उहाँले शिक्षण र कृषि पेशा एकैसाथ अगाडि बढाउनुभएको छ । शिक्षक पेशाबाट निवृत्त भएपछि तीनसय रोपनी जमिन भाडा लिएर लिची खेती गर्ने योजना रहेको उहाँले बताउनुभयो । लिचीलाई प्रशोधन गर्ने उद्योग खोल्ने तथा फुटेका लिचीको जुस बनाउने प्रविधि भित्र्याउन आवश्यक रहेकाले त्यसतर्फ स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उप्रेतीले जनाउनुभयो ।

झार आउन नदिने र वर्षमा एक पटक ठूलो बोटमा तीन डोको र सानो बोटमा दुई डोको मल राख्नेगरेको उहाँले जानकारी दिनुभयो । बोटमै ठेकदार आउने भएकाले बिक्रीका लागि कुनै समस्या नभएको उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष लिची किन्न पाँच जना ठेकदार आउनुभयो, काठकाडौं र पोखरामा यहाँको लिची धेरै बिक्री हुनेगर्छ ।”

यो वर्ष लिची किन्न पाँच जना ठेकदार आउनुभयो, काठकाडौं र पोखरामा यहाँको लिची धेरै बिक्री हुनेगर्छ ।

स्थानीय साना व्यापारीले खरिद गरी तनहुँको डुम्रे र आँबुखैरेनी बजारमा लगेर बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । कृषकले ६५ रुपियाँ किलोमा बिक्री गर्ने गरे पनि व्यापारीहरुले भने खुद्रा मूल्य दुई सय ५० रपियाँ किलोमा बेच्ने गरेको बताउनुभयो । कृषि पर्यटनको विकासगरी उपभोक्ताले सस्तो किन्न पाउने र कृषकललाई पनि फाइदा हुनेखालको योजना स्थानीय सरकारलाई बनाउन सुझाव दिनुभयो ।

पालुङटार नगरपालिकाको वडा ६, ७ र ८ नम्बर वडामा गुणस्तरीय लिची उत्पादन गर्न सकिने पर्याप्त सम्भावना रहेकाले विस्तारमा नेपाल सरकारले विषेश कार्यक्रम सञ्चालन गर्न सके यस क्षेत्रको लिची विदेश समेत निर्यात गर्न सके राज्यलाई समेत योगदान हुने स्थानीय लिची उत्पादक अगुवा कृषक तारा उप्रेतीले जनाउनुभयो ।

लिची खेतीका लागि धेरै दुःख गर्न नपर्ने हुँदा सहज भएको उप्रेतीको भनाइ छ । धान खेतीभन्दा बढी आम्दानी हुन थालेपछि लिची खेतीमा आकर्षित भएको यसले कृषक आयस्तर समेत परिवर्तन भएको जीवनज्योति माध्यमिक विद्यालयका शिक्षक तथा अगुवा लिची उत्पादक कृषक रविन्द्र कँडेलले जानकारी दिनुभयो ।

कँडेलले भन्नुभयो, “मैलै पनि धान, मकै लगाउने १० रोपनी बाँझो जमिनमा लिची खेती गरी वार्षिक एक लाख रुपियाँ आम्दानी गर्न सफल भएको छु ।” लिचीको पकेट क्षेत्र मानिने पालुङटार नगरपालिका वडा ६ पौवाटार, वडा ७ च्याङ्ली र वडा ८ धुँवाकोटलाई समेटर अहिले ब्लक सञ्चालन गरिएको छ ।

ब्लकमा तीन हजारदेखि ३५ सय रोपनी क्षेत्रफल समेटिएका छन् । ब्लक सञ्चालनका लागि संयुक्त लिची ब्लक सञ्चालन समन्वय समिति पनि गठन गरिएको छ । समितिमा २० बोटभन्दा बढी लिची लगाउने करिब २ सय जना कृषक छन् । ब्लक क्षेत्रबाट यो वर्ष करिव १२ करोडको गीता उप्रेतीको भनाइ छ ।

यो वर्ष करिब १२ करोडको लिची बिक्री भएको कँडेलले जानकारी दिनुभयो ।

पालुङ्टारको लिचीले राम्रो बजार पाउने भएपछि आफूले काठमाडौंमा लगेर लिची बिक्री  गर्नेगरेको स्थानीय लिची ठेकेदार विमला कुमालले बताउनुभयो । आफूले पालुङटार क्षेत्रका अधिकांश लिची उत्पादक कृषकको लिची यस वर्षदेखि ठेक्का लिएर बिक्री गर्दैआएको कुमालले बताउनुभयो । यस क्षेत्रमा लिची खेती प्रवर्धनका आवश्यक कार्यक्रम लागु गर्नेतर्फ नेपाल सरकारको विशेष ध्यान जाने हो भने लिची खेतीका लागि नमुना स्थलको रुपमा विकास गर्न सकिने शिक्षक कँडेलको भनाइ छ ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

४ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक