सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेदरल्यान्ड्सका प्रधानमन्त्रीद्वारा राजनीतिक जीवनबाट टाढा हुने घोषणा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेदरल्यान्ड्सका प्रधानमन्त्रीद्वारा राजनीतिक जीवनबाट टाढा हुने घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

द हेग, नेदरल्यान्ड्स। नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट संन्यास लिने घोषणा गर्नुभएको छ । “आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु,” रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।

गत साताको अन्त्यमा उहाँको सरकार ढलेपछि रुटले आफूसँग अझै पनि ‘ऊर्जा र विचार’ रहेको बताउनुभएको थियो । सोमबार उहाँले पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) को नेताको रूपमा आफ्नो १७ वर्षको कार्यकाल अन्त्य गर्ने निर्णय गर्नुभएको हो ।

सन् २०१० देखि चार वटा गठबन्धन सरकारको नेतृत्व गरिसकेका रूटले आप्रवासन नीतिका कारण गठबन्धन भत्किएपछि आगामी नोभेम्बरमा हुने निर्वाचनपछि आफू पदबाट हट्ने जनाउनुभएको हो ।

“म केही व्यक्तिगत कुरा भन्न चाहन्छु । मलाई कुन कुराले उत्प्रेरित गर्छ भन्ने बारेमा पछिल्ला केही दिनयता अड्कलबाजी भइरहेको छ । यसको एउटै मात्र जवाफ नेदरल्यान्ड्स हो,” रूटले संसदमा भन्नुभयो ।

“हिजो बिहान अब मध्य–दक्षिणपन्थी पार्टी भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य छैन भन्ने मैले निर्णय गरेँ । “निर्वाचनपछि नयाँ सरकारले शपथ लिएपछि म राजनीति छोड्नेछु ।”

हंगेरीका भिक्टर ओर्बानपछि युरोपको दोस्रो लामो समयसम्म सत्तामा रहेका रुटले भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य नभएको कुरा आफ्नो व्यक्तिगत मूल्याङ्कन भएको जनाउनुभएको छ ।

रुट्टेले शुक्रबार एक पत्रकार सम्मेलनमा आफूसँग पाँचौँ कार्यकालका लागि उम्मेदवारी दिने ‘ऊर्जा’ रहेको बताउनुभएको थियो । साथै, उहाँले यस विषयमा आफूले सोच्ने बताउनुभएको थियो । सोमबार भने उहाँले एक्कासि राजनीतिबाट अलग रहने आश्चर्यजनक निर्णय सुनाउनुभएको हो ।

सन् २०१० देखि नेदरल्याण्ड्सको नेतृत्व गर्दै आएका रुट देशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएको छ ।

सत्तामा उहाँको १३ वर्षको कार्यकालले राजनीतिक सङ्कटको माध्यमबाट सत्तामा उनको क्षमताको लागि उहाँलाई ‘टेफ्लोन मार्क’ उपनाम दिएको छ । बाल हेरचाह अनुदानमा घोटाला भएको एक काण्डका कारण सन् २०२१ जनवरीमा उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । दुई महिना पछि मात्र सत्तामा फर्कनको लागी उहाँको भीभीडी पार्टीले निर्वाचनमा प्रथम भएपछि छोटो समयमा नै उहाँ सत्तामा फर्किनुभएको थियो ।

नयाँ शरणार्थी नीतिमा सत्तारुढ दलबीच सहमति हुन नसकेपछि शुक्रबार साँझ उहाँको गठबन्धन सरकार ढलेको हो ।

रुटको भीभीडी पार्टीले युद्ध क्षेत्रबाट भागेर आएका शरणार्थीहरूका लागि पारिवारिक पुनर्मिलनलाई सीमित गर्न चाहेको थियो तर चार दलीय गठबन्धनको सबैभन्दा सानो सदस्य क्रिस्टेनयुनीको क्रिष्टियन डेमोक्रेटिक पार्टी र मध्य वामपन्थी डेमोक्रेसी–६६ ले उहाँको धारणालाई समर्थन नगरेपछि गठबन्धन भाँडिएको हो । रासस/एएफपी

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

१७ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक