काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरोध गरेको संसद खुलाउन तयार भएपछि बैठक सुरु भएको हो ।
बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद गोकुल बास्कोटाले एमालेका तर्फबाट धारणा राखेका छन् । त्यसपछि रास्वपा सांसद रवि लामिछानेले धारणा राखेका छन् ।