काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आफ्नो राजीनामाका सम्बन्धमा उठेको प्रश्नमाथि स्पष्टीकरण दिएका छन् ।
अघिल्लो साता काठमाडौंमा एक पुस्तकको विमोचनका क्रममा उनले ‘आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रीतम सिंह कहिले भारत र कहिले नेपाल धाएको’ उल्लेख गरेको प्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा माग गर्दै सदन अवरोध गरेको थियो ।
सोही विषयलाई लिएर प्रधानमन्त्री दाहालले सोमबार सदनसमक्ष स्पष्टीकरण वक्तव्य दिएका हुन् ।
ज्ष्mबबिथबल द्यबलप
म्बदगच लभउब
िब्नलष् न्चयगउ
स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले भने, “तपाइँले भनेर राजीनामा गर्दिँन मेरो अन्तरआत्माले मागे एक मिनेट बस्दिनँ । प्रतिपक्षले माग्नुसाथ दिने भए तपाइँ प्रधानमन्त्री भएका बेला पनि मागिहाल्ने रु”
दाहालको यो भनाई प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित थियो । दाहालले अहिले राजनीतिक दल र नेताहरुले जनतासमक्ष विश्वसनीयता गुमाइरहेको उल्लेख गर्दै सत्तापक्ष र विपक्षका बीचमा पनि सहमति जुटाउने आफ्नो प्रयास जारी रहने बताए ।
तर दाहालले त्यसबेला दिएका अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै अबका दिनमा नदोहोर्याउने प्रतिवद्धता पनि व्यक्त गरे ।
“स्पष्ट सोचका बाबजुद त्यो भाषाबाट पर्न गएको असहजताप्रति दुःख व्यक्त गर्न चाहन्छु । यसअघिका कतिपय टिप्पणीहरु, वक्तव्यहरुमा देखिने भावहरुमा यस सम्मानीत सदनसमक्ष दुःख व्यक्त गर्न चाहन्छु,” दाहालको भनाई थियो ।
उनले आफु जति दिन सरकारमा रहे पनि जनता र राष्ट्रको पक्षमा काम गरेर देखाउनैपर्ने बताए । “मैले गर्नुपर्ने अब बाँकी के नै छ र रु,” उनले भने ।
प्रधानमन्त्री दाहालले आफूले एक पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिका क्रममा केही भावनात्मक भएको भने स्वीकार गरे ।
“मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड,” उनले भने, “त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु ९छोरी०को बुबा भएर बोलेँ ।”
उनले प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरीको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको र स्वर्गीय छोरा प्रकाश दाहालको सम्बन्धका कारण उनको निवासमा बसेर छोरीको उपचार गराएको स्मरण गरे ।
आफ्नो कमजोर र बलियो पक्ष भनेकै भित्र जे छ बाहिर पनि त्यही बोल्ने भएको बताउँदै उनले भने, “।।तब न प्रचण्ड ।”
“अब त बदल्छु भन्यो बोल्न जाँदा आइहाल्छ,” दाहालको भनाइ थियो, “७० वर्षको उमेरमा बदल्न खोजेर भएन यही हो प्रचण्ड । मनभित्र मैलो नहुँदा मनभित्र र बाहिर एउटै भनाइ हुँदो रहेछ ।”
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीप्रति लक्षित गर्दै जसले प्रधानमन्त्री बनायो उसैले प्रश्न गर्दा त्यसको औचित्य के हुन्छ रु भन्दै प्रतिप्रश्न गरेका थिए ।
“मलाई प्रधानमन्त्री कसले बनायो भनेर प्रश्न उठ्यो रु यो प्रश्न उठ्दै गर्दा मनमा धेरै भाव तरंगीत भए । यो प्रश्न प्रतिपक्ष दलका नेता र साथीहरुले पहिलोपल्ट प्रस्तावित गरेर प्रधानमन्त्री बनाउनुभयो । उहाँहरुबाटै यो प्रश्न आउँदा अचम्मित छु,” उनले भने, “मलाई प्रीतम सिंहले बनाएको त होइन नि रु प्रमुख प्रतिपक्ष दलका नेता साथीलाई राम्रोसँग थाहा छ । म प्रधानमन्त्री कुन परिवेशमा कसरी भएँ भन्ने प्रमुख प्रतिपक्ष दलका नेतालाई सबैभन्दा बढी थाहा थियो । को कोले रोक्न खोजेका थिए भन्ने पनि थाहा छ । राष्ट्रपतिलाई आफैँले लेखेको पत्रमा कसरी प्रश्न उठाइयो भन्ने मेरो मनमा प्रश्न उठेको छ । ९९ प्रतिशत बढी सदस्यको समर्थन त पाएकै हो । बडो सहज ढंगले माननीय सदस्यले प्रश्न उठाउनुभएको छ । यो असाधारण परिघटना अलिअलि समीक्षा गर्नुपर्ने हो कि होइन रु”
सिंगो सदनप्रति प्रश्न उठाउँदै प्रचण्डले यस्तो बताएका थिए ।
“अहिले यही संसद्मा प्रधानमन्त्री कसरी भएँ भन्ने गम्भीर प्रश्न उठ्न कसरी सम्भव भयो म भावुक र तरंगीत भएको छु । यो प्रश्नको घेरामा म प्रधानमन्त्री कसरी भएँ भन्ने तर यो प्रश्नको घेरामा ममात्रै छु कि सिंगो संसद् र सबै दल छौँ रु,” दाहालको प्रश्न थियो, “ममात्रै घेरामा छैन प्रश्न उठाउने माननीय पनि प्रश्नको घेरामा हुनुहुन्छ । तथ्य र प्रमाणले यो प्रश्नभित्र रहेको मौलिकता र विशिष्टतालाई पटक पटक उठाइरहन्छ ।”
दाहालले सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको हुन सक्ने स्पष्टीकरण दिँदै भने, “तर सिंगो संसद्को औचित्यमा प्रश्न उठाउन मिल्छ रु स्पष्टीकरणको मौका पनि नदिन मिल्छ रु अहिले म प्रधानमन्त्री छु भोलि अर्को हुने होला नि १ सबैले जवाफ दिनुपर्ने होला नि १ सिंगो देश निराशाबाट विस्तारै आशातिर जान खोज्दैछ । सरकारले कदम उठाएका बेला यस्ता प्रश्न उठाउँदा यसको औचित्य के होला रु”
प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षप्रति अलि कडारुपमा प्रस्तुत भएका थिए ।
“प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, स्पष्टीकरणको मौकासमेत नदिइ राजीनामा माग्ने, त्यही स्तरको हो यो रु के प्रतिपक्षले राजीनामा भन्नेवित्तिकै राजीनामा दिनुपर्ने हो रु,” प्रधानमन्त्रीले प्रतिप्रश्न गरे, “के यही हो लोकतान्त्रिक विधि रु प्रधानमन्त्रीले स्पष्टीकरण पनि दिन नपाउने हो रु”
उनले प्रतिपक्षले आफने भनाइप्रति प्रश्न राख्नु स्वाभाविक भए पनि जवाफ दिन नदिएर राजीनामा माग्ने र सदन अवरोध गर्ने काम अस्वाभाविक भएको बताए ।
“संसद्मा उठेका प्रश्नको जवाफ दिन्ु प्रतिनिधिसभाको सदस्यको हैसियतले र अहिले प्रधानमन्त्रीको हैसियतले पनि मेरो कर्तव्य हो । मेरो अभिव्यक्तिलाई लिएर संसदमा उठाएको प्रश्नमा सुरु देखि नै मेरो गम्भीर ध्यानाकर्षण गरेको हो,” प्रधानमन्त्री दााहलले भने, “सुरुको दिनमै मैले बोल्नका निम्ति समयमा माग गरेका थिए । सभामुख र राजनीतिक दल समक्ष स्पष्टीकरण दिने अवसर सवभन्दा ठूलो कुरा थियो । तर, सदन किन अवरोध गरियो मैले बुझ्न सकेको छैन ।”
आफुले स्पष्टीकरण दिन्छु भन्दाभन्दै राजीनामा भन्नुको अर्थ के हो भनी प्रश्न गरेका थिए ।
“मैले यो विषय उठेपछि सदनलाई जानकारी गराउँछु भनेको हो,” उनले भने, “यही हो संसदीय अभ्यास रु राजीनामा नआएसम्म बोल्न दिन्न भनेको के हो रु प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका पनि दिन नहुने हो रु यो प्रतिवाद होइन रु”