आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

दुवै छिमेकी देशलाई रिझाउने आधार राष्ट्रिय स्वाभिमान !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भूपरिवेष्ठित राष्ट्र नेपाललाई दुई विशाल र विश्व अर्थतन्त्रका प्रमुख खम्बा छिमेकी देशहरु भारत र चीनबाट अवसर र चुनौती उत्तिकै छ । दुवै देशको तुलनामा निकै सानो नेपाललाई आफ्नो व्यापारिक कारोबारका लागि पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बाध्यता छ । नेपालले विशेषगरी भौगोलिक सुगमताका कारण भारत तथा यसका बन्दरगाह हुँदै धेरै वस्तुको आयात गरिरहेको छ । अर्कोतर्फ चीनसँगको नेपालको सम्बन्ध सुमधुर रहँदै आएको छ । तर, दुवै देश एकअर्काको दुश्मन हुँदा त्यसको मार भने नेपाललाई पर्दै आएको छ । दुवै देशले नेपाललाई आफ्नो तर्फ पार्न खोज्दा अर्को पक्ष चिढिने हो कि भन्ने चिन्ता पनि छ । यही कारण लामो समयदेखि भारत र चीनको चासो नेपालमा रहँदै आएको छ । अझ भारतले त हस्तक्षेपकारी भूमिका देखाउँदै आएको इतिहास नै रहेको छ ।

चीन र भारतलाई कसरी सन्तुलनमा राख्ने भन्ने चिन्ता नेपालका अधिकांश सरकार प्रमुखलाई हुँदै आएको छ । विगतमा कुनै सरकार प्रमुख चीनतर्फ वा कुनै भारततर्फ ढल्किँदा त्यसको असर भने नेपाल र नेपालको कूटनीतिक क्षेत्रमा पर्दै आएको छ । नेपालको कूटनीति क्षेत्र स्थायी नभई सरकारमा आउने दल र तिनका नेताअनुसार परिवर्तन हुने गरेको आरोप जहिल्यै लाग्ने गरेको छ । विशेषगरी कांग्रेस पार्टीलाई भारततर्फ ढल्किने गरेको र कम्युनिस्ट पार्टीलाई चीनको पक्षमा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । त्यही कारण चीन पनि नेपालको शासनसत्तामा कम्युनिस्ट पार्टी रहँदा सहज मान्ने गरेको भने अर्कोतर्फ कम्युनिस्ट पार्टी सत्तामा रहँदा भारतले शंकाको दृष्टिले हेर्ने गरेको छ ।

यही समस्या अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको रुपमा भारतस“ग सम्बन्ध सुमधुर बनाउनु ‘वाध्यता’ छ । तर उनलाई माओवादी केन्द्रका अध्यक्षको हैसियतले चीनस“ग नजिक हुुनुपर्छ । उनी परम्परागत सम्बन्धले भारत र पार्टी सिद्धान्तका हिसाबले चीनस“ग निकट देखिन्छन् । यतिबेला उनलाई भौगोलिक सुगमता, धेरै व्यापारिक कारोबारका कारण भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बाध्यता छ । अर्कोतर्फ भारतसँग चिढ्याउने कुनै कुरा गर्दा सरकार नै ढल्ने हो कि भन्ने आशंका पनि उनलाई छ । त्यही कारण उनले हालै भारत भ्रमण गर्दा पनि नेपाल र भारतबीचका सन्धि सम्झौता पुनरावलोकनसम्बन्धी प्रतिवेदन ईपीजी भारतले बुझ्नुपर्ने अडान राख्न सकेनन् । प्रचण्ड स्वयंले यो विषय उठाएर भारतलाई चिढ्याउन नखोजेको प्रतिक्रिया दिए । यस्तै, कम्युनिस्ट पार्टीका अध्यक्ष भएकाले प्रचण्ड सैद्धान्तिक हिसाबले चीनसँग नजिक छन् । त्यसकारण पनि उनलाई दुवै देशसँगको सम्बन्ध सन्तुलनमा राख्न हम्मेहम्मे परेको छ ।

तर, दुवै देशलाई सन्तुलनमा राख्ने एउटै आधार हो, राष्ट्रिय स्वाभिमान । विगतमा राष्ट्रिय स्वाभिमानलाई आधार बनाएर भारत तथा चीनसँग वार्ता गर्ने सरकार प्रमुखलाई दुवै देशले पनि सम्मान गरेका थिए । दुवै छिमेकी देशको हितविपरीत हुने गरी नेपालको भूमि प्रयोग गर्न नदिने र आफ्नो राष्ट्रिय स्वाभिमानमा अडिग रहने हो भने प्रधानमन्त्री प्रचण्डले पनि छिमेकीलाई रिझाउने वा सन्तुलनमा राख्ने चिन्ता बोकिरहनु पर्दैन । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१२ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक