सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

जोखिम बढाउँदै नेपाल उकालो लाग्यो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जोखिम बढाउँदै नेपाल उकालो लाग्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुविधा गुम्ने, अवसर बढ्ने, प्रतिस्पर्धाको ढोका खुल्ने ! के सक्ला नेपाल ?

काठमाडौं / दुई वर्षअघि अतिकम विकसित मुलुक (एलडीसी) बाट फड्को मारेर विकासशील बन्ने निर्णय गरेको नेपालले त्यसअनुसारको तयारी भने गर्न सकेको छैन । संयुक्त राष्ट्र संघीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न सन् २०२१ मा निर्णय गरे पनि बल्ल नेपालले त्यसको लागि रणनीति बनाउनेबारे छलफल थालेको हो ।

कोभिड महामारीका कारण विश्व नै प्रभावित भएपछि विकासशील देश भन्ने अवधि दुई वर्ष थप भएको थियो । अब सन् २०२६ मा नेपाल विकासशील देश घोषणा हुनेछ । विकासशील देश बन्नका लागि राष्ट्रिय प्रतिव्यक्ति आय १ हजार २ सय २२ अमेरिकी डलरभन्दा माथि हुनुपर्नेछ भने मानव सम्पत्ति सूचकांक ६६ वा माथि हुनुपर्नेछ । यस्तै, आर्थिक जोखिम सूचकांक ३२ वा कम हुनुपर्नेछ । सन् २०१८ मा राष्ट्रसंघको सूचीमा परेर पनि नेपालले सन् २०१५ को भूकम्पलाई कारण देखाउँदै नउकाल्न आग्रह गरेको थियो ।

एलडीसीबाट माथि उक्लन नेपालले सन् २०१५ र सन् २०१८ मा नै लगातार दुईपटक मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकको मापदण्ड पूरा गरेको थियो । तर प्रतिव्यक्ति आयको मापदण्ड भने अहिले पनि पूरा हुन सकेको छैन । त्यसैले पनि यो नेपालका लागि अवसर मान्न सकिन्छ । तर, यसका लागि रणनीतिहरु बनाउन आवश्यक छ । तर, २ वर्षपछि बल्ल सरकारले रणनीति बनाउने भएको छ । गत आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको स्तरोन्नति तयारीको निर्देशक समितिको बैठक बसेको हो । समितिले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल गरेको छ ।

विकासशील देशमा स्तरोन्नति हुनु भएको नेपालले पाउँदै आएको केही सुविधा गुम्ने, केही अवसर पाउने र प्रतिस्पर्धा बढ्ने अवस्था पनि हो । त्यसैले पनि यसका लागि पूर्वतयारीहरु आवश्यक भएको छ । नत्र यही कारणले देशको अर्थतन्त्रमा पनि समस्या आउनसक्ने सम्भावना रहन्छ । हाल नेपालले गलैँचा, पश्मिना लगायतमा पाएको शून्य भन्सार महसुल सुविधादेखि कैयौँ अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिन जान पाउने मौका र त्यसका लागि लाग्ने टिकट खर्च समेत पाउने अवस्था छ । तर, विकासशील देश बनेपछि भने व्यापार, भ्रमण तथा अन्य सुविधाहरू बन्द हुनेछ । त्यसकारण अन्य देशसँग नेपालको व्यापारिक लगायत क्षेत्रमा प्रतिस्पर्धा बढ्नेछ । हाल पनि यस्ता धेरै सुविधा नेपालले उपभोग गर्न सकेको छैन । अल्पविकसित मुलुकको सुविधा प्रयोग गरेर नेपालले युरोपेली युनियन, जापान, कोरिया, चीन तथा क्यानडामा सहुलियतपूर्ण भन्सार सुविधामा निर्यात गरिरहेको छ । यो अवसर गुम्ने भएकाले पनि नेपालले त्यहीअनुसार रणनीति नबनाएर अर्थतन्त्रमा समस्या देखिन सक्छ ।

विकासशील देशमा बढुवापछि नेपालको गरिब राष्ट्रको ट्याग भने हट्नेछ । साथै नेपालमा वैदेशिक लगानीको वातावरण बन्ने पनि अपेक्षा गरिएको छ । तर, त्यो धेरै हदसम्म नेपालको नीतिनियम र कानुनमा भर पर्नेछ । विश्व बैंकले पनि सन् २०२० मै नेपाललाई न्यून आय भएको मुलुकबाट न्यून मध्यम आय भएको मुलुकको सूचीमा राखिसकेको छ । तर, नेपालका सूचकांक खस्किए भने राष्ट्र संघले आफ्नो नीति परिवर्तन गर्न सक्छ ।

त्यहीकारण राष्ट्रसंघले दिएको अवस्थासम्म नेपालले लक्षित सूचकांकहरुलाई प्राप्त गरिसक्नुपर्नेछ । त्यसका लागि योजना बनाउनुपर्ने र त्यसका लागि समन्वय गरिरहेको योजना आयोगको भनाइ छ । हाल नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १०२७ डलर छ । शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मानव पुँजी सूचकांकमा कम्तीमा ६६ अंक ल्याएपछि योग्यता पुग्नेमा सन् २०१५ मै यो योग्यता पुगिसकेको छ । नेपालको यो सूचक ७४ दशमलव ९ छ । आर्थिक तथा वातावरणीय जोखिम सूचकमा ३२ भन्दा मुनि अंक हुनुपर्नेमा नेपालको अंक २४ दशमलव ७ छ ।

विश्लेषकहरुले विकासशील देशमा स्तरोन्नति भएपछि आइपर्ने जोखिमबाट बच्न पुँजीगत खर्च बढाएर पूर्वाधारलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । साथै, आन्तरिक उत्पादनमा बढी केन्द्रि हुनुपर्ने पनि उनीहरुको सुझाव छ । आन्तरिक उत्पादनले सजिलै बजार पाउने अवस्था सिर्जना गरेर आयात कम गर्न सके नेपाललाई यो स्तरोन्नतिमा सफल हुने विश्लेषकहरुको भनाइ छ । यसबाट देशको अर्थतन्त्र स्थिर हुने र वैदेशिक लगानी भित्र्याई विकास अघि बढाउन सकिनेछ । स्तरोन्नतिपछि पनि बहुराष्ट्रिय निकाय वा द्विपक्षीय निकायबीचका सम्झौता र सहमतिमा हुने व्यापार नीति प्रभावित नहुने भएकाले नेपालले पनि कूटनीतिक माध्यमबाट आफू अनुकूल व्यापार नीति लिएर एलडीसी रणनीति बनाउन सकिनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पृथ्बी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

तिब्बत तर्फबाट विनाशकारी बाढी, मेडिकल टिम बोकेर सेना बाढीग्रस्त क्षेत्रमा

३ हप्ता अगाडि
रास्वपाको महाधिवेशन भव्य तयारी

रास्वपाको महाधिवेशन भव्य तयारी

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक