शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कहालीलाग्दो दृश्य ! एघार महिनामा साढेसात लाख युवा विदेशिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

नेपालमा केही दशकयता विदेशतर्फ युवाको पलायन डरलाग्दो रुपमा देखिएको छ । विशेषगरी रोजगारीका लागि खाडी तथा अन्य देशतर्फ लाग्ने युवाको संख्या वर्षेनि बढिरहेको छ । यसका साथै शिक्षाका लागि भनेर पनि ठूलो संख्यामा युवा वर्ग विकसित देशहरुमा गइरहेका छन् । युरोपका देशहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र अमेरिका लगायत देशमा जान त युवाहरु जुनसुकै उपाय अपनाउन पनि पछि पर्दैनन्, चाहे त्यो अवैध नै किन नहोस् ।

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने चालु आर्थिक वर्षको ११ महिनामा मात्र साढे ७ लाख युवा विदेशिएका छन् । यो संख्या ९ वर्षयताकै सबैभन्दा धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा नया“ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार जना विदेशिएका थिए । यो रेकर्ड पनि चालु आर्थिक वर्षको ११ महिनामा नै तोडिएको हो । यही १७ असारसम्ममा ७ लाख ४० हजार जना वैदेशिक रोजगारी गएको विभागको तथ्यांक छ । आर्थिक वर्ष सकिँदासम्म यो सख्या अझै बढ्नेछ । विदेशिनेको यस्तो तथ्यांक अन्य वर्षको पनि झनै भयावह छ । आर्थिक वर्ष २०७१÷७२ पछि वैदेशिक रोजगारीमा जानेको संख्या केही घटेकोमा कोभिड महामारीपछि फेरि बढेको हो ।

वैदेशिक रोजगारीमा जाने युवाको संख्या किन बढिरहेको छ त रु यसको एउटै उत्तर हो, बेरोजगारी । देशमा पटकपटक व्यवस्था परिवर्तनका लागि संघर्ष र संविधान निर्माण भए पनि युवामा भने आशा जगाउन सकेको छैन । न त नयाँ बनेका सरकारहरुले देशको बेरोजगारीको समस्या सल्टाउन सकेका छन् । वर्षेनि नेपाली बजारमा लाखौं युवा रोजगारीका लागि योग्य हुन्छन्, तर तीमध्ये केही हजारले मात्र रोजगारी पाउँछन् । यहाँ रोजगारी पाउनका लागि पनि ठूलो प्रतिस्पर्धा छ । त्यसमाथि पाएको रोजगारीमा पनि सन्तोषजनक पारिश्रमिक छैन । अर्कोतर्फ ठूलो संख्यामा अदक्ष युवा छन्, जसलाई दक्ष बनाउने वा रोजगारी दिनेतर्फ सरकारले कुनै काम गर्न सकेको छैन । त्यसकारण अशिक्षित, अर्धशिक्षित, अदक्ष, अर्धदक्ष युवाको ठूलो संख्या मलेसिया, साउदी अरब, कतार, युएई जस्ता देशमा कामका लागि पुग्ने गरेको छ । यस्तै, शिक्षाका लागि विकसित देशमा पुग्ने युवाको लक्ष्य पनि त्यहाँ देशमा नै बस्ने हुने गरेको छ । नेपालमा रहेका शिक्षित व्यक्ति पनि विभिन्न माध्यमबाट युरोप, अस्ट्रेलिया, अमेरिका र क्यानडा लगायत देशमा पलायन हुने क्रम बढ्दो छ ।

युवालाई देशमा नै केही गर्ने वातावरण सिर्जना गर्न नसकेको सरकारप्रति बढ्दो निराशा पनि पलायनको अर्को कारण हो । दुई दशकयता नेपालको राजनीतिलाई हेर्ने हो भने अधिकांशले यसप्रति वितृष्णा नै जनाएका छन् । देशमा भयावह भइरहेको भ्रष्टाचार, राजनीतिक दलको खिचातानी, दण्डहीनता, सरकारको अकर्मण्यता, दायित्व पालनामा असफलताका कारण पनि युवा देशमा कुनै सुधार हुननसक्ने निष्कर्षमा पुग्दै विदेशिरहेको तीतो यथार्थलाई हामी सबैले स्वीकार गर्नै पर्छ । देशमा नै केही गर्न खोज्ने युवा पनि यहाँको अव्यवस्था, सरकारी निकायमा काम गराउन घूस दिनुपर्ने बाध्यता, सरकारी ढिलासुस्ती, राजनीतिक तथा स्थानीय गुण्डाको चन्दा आतंक, खुट्टा तान्ने प्रवृत्तिका कारण आहत हुँदै आएका छन् । उनीहरु पनि अन्ततः देशमा केही गर्न नसकिने भन्दै पलायनको बाटो रोजिरहेका छन् ।

युवा रित्तिँदै जाँदा देश भने बालबालिका र वृद्धवृद्धा बस्ने थलो मात्रै बन्दै गएको छ । कुनै पनि देशको सबैभन्दा ठूलो सम्पत्ति भनेको युवाशक्ति हो । तर, त्यही युवाशक्ति अहिले हामीले गुमाउँदै गएका छौं । यस्तो युवाशक्ति पनि कुनै देशले कुनै एक समयमा मात्र पाउँछ । त्यसपछि वृद्धवृद्धाको संख्या धेरै र काम गर्न सक्ने युवाको सख्या कम हुनेछ । युवाको संख्या धेरै भएको बेलामा नै धेरै देशले विकासमा फड्को मारेका छन् । तर, नेपालको युवाशक्ति भने अन्य देशको विकासमा नै प्रयोग भइरहेको छ । त्यसकारण विकासको एउटा मुख्य आधार युवालाई नै पलायनको बाटोमा धकेलेर देशमा समृद्धि ल्याउँछु भन्नु दिवास्वप्ना मात्र हो । त्यसकारण सबै राजनीतिक दल तथा सरकारले युवालाई कसरी देशमा नै टिकाउने र उनीहरुलाई रोजगारी कसरी सिर्जना गर्ने भन्नेमा नीति तथा योजना ल्याउनेमा जोड दिन आवश्यक छ । नत्र युवाविहीन देशका कारण यहाँ झनै सामाजिक समस्याहरु निम्तिनेछन्, सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

कर्मचारी ट्रेड युनियन ऐन भत्काउने अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक