सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सूचना प्रविधिको क्षेत्रमा क्रान्ति भएको छः महरा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सूचना प्रविधिको क्षेत्रमा क्रान्ति भएको छः महरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति भएको बताएका छन् । उनले प्रविधिको विकासले नागरिकको जीवनशैलाई सहज बनाएको बताएका छन् ।
प्रविधिले विश्वलाई एउटा गाउँमा सिमित गरिदिएको बताउँदै भने, “सूचना प्रविधिको विकासले विश्वा एउटा गाउँमा परिणत भएको छ, यसले समय र खर्चलाई समेत घटाएको छ” महराले भने ।

संवाद डबलीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वसंचारमन्त्री समेत भएका महराले सूचना प्रविधिको क्षेत्रमा आफूले १६ वर्ष पहिले गरेको कल्पना गरेको भन्दा विकास र प्रयोग अझ अघि बढेको बताए । महराले आफूले ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ नारा तय गर्दा धेरैले विश्वास नगरेको बताउँदै भने, “मैले १६ वर्ष पहिले संचार मन्त्रालयको नेतृत्व गरेपछि संचारमा क्रान्ति गर्न ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ को लक्ष्य राखियो । कतिपयले मलाई फोन गरेरै यो सम्भव छैन भन्नुभएको थियो । तर, अहिले त्यो भन्दा पनि माथि पुगेको छ ।”

सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए ।

प्रवक्ता महराले सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताउँदै नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा त्यो पुष्टी भएको दाबी गरे । उनले सरकार विभिन्न समयमा भएका यस्ता काण्डहरुको एकपछि अर्को फाइल खोल्ने बताए ।

नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भौगोलिक अवस्थाका कारण नेपालका सबै क्षेत्रमा दूरसंचारको विकास हुन नसकेको बताए । उनले इन्टरनेट सुपरहाइवे भएको बताउँदै खनालले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्य पूरा गर्नुपर्ने दायित्व सबै सरोकारवालाहरुको भएको बताए ।

त्यसैगरी अध्यक्ष खनालले उपभोक्ता पनि सचेत हुनुपर्ने बताउँदै सम्झौताअनुसारको सेवा नदिए प्राधिकरणमा जानकारी वा उजुरी गर्न आग्रह समेत गरे । सेवा प्रदायकलाई घचघचाउन समेत सेवाग्राहीलाई आग्रह गरे । उनले २०२३ सम्म नेपालका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याइसक्ने लक्ष्य दिएको जानकारी समेत गराए ।

कार्यक्रममा नेपाल टेलिकमकी सिसिओ संगिता पहाडीले १४ वटा पालिकाबाहेक सबै पालिकामा एनटिसीको सेवा पुगेको जानकारी दिइन् । पहाडीले भौतिक संरचना र विद्युत नपुगेकाले पनि सबै ठाउँमा सेवा पुग्न नसकेको बताइन् ।

नेपाल टेलिकमले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्यलाई पूरा गर्ने गरी अगाडि बढेको जानकारी दिइन् । नेपालको पहिलो र सरकारको स्वमित्व भएकोले नेपाल टेलिकम जिम्मेवार भएर सेवा प्रवाह गरिरहेको बताए ।

एनसेल आजियाटा लिमिटेडको तर्फबाट मुनेश पोखरेलले नीजि क्षेत्रको अग्रणी संस्था भएकोले एनसेलले सरकारको नीति तथा ऐनको पालना गर्दै सेवा प्रवाह गरिरहेको बताए । उनले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को लक्ष्यमा एनसेलको पूर्ण साथ रहेको समेत बताए । उनले सेवाग्राहीको गुनासोलाई सिस्टमबाट सम्बोधन भइरहेको बताउँदै त्यसबाट पनि समाधान नभएको गुनासो आए समाधान गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन लिमिटेडको तर्फबाट चन्द्रमणी नेपालले सेवा विस्तारसँगै गुणस्तरलाई पनि ध्यान राखेको बताए ।

“सरकारको डिजिटल नेपाल फ्रेमवर्कमा साथ दिँदै सेवा विस्तार गरिरहेका छौं । हामीले सेवालाई गाउँगाउँसम्म पु¥याउँदै छौं” नेपालले भने । गुणस्तरिय सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताउँदै गुनासो गर्न सेवाग्राहीलाई आग्रह समेत गरे ।

यो पनि पढ्नुहोस्

आज कोजाग्रत पूर्णिमा

आज लक्ष्मी पूजा

६ घण्टा अगाडि
नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक