बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भादगाउँ । क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो ।

क्षयरोग मुक्त घोषणा अभियानअन्तर्गत आइतवार बसेको जिल्ला समिति बैठक र अन्तक्र्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार त्वायनाले नगरको वडा नं ८ र ९ वडामा गरिएको स्वास्थ्य परीक्षणबाट पत्ता लागेका बिरामीका आफन्त बिरामीलाई औषधि सेवन गराउन नमान्ने गरेको बताए ।

उनले ती दुई वडाका दिर्घरोगी र गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा ३० जनामा क्षयरोग सङ्क्रमण देखिएको बताउँदै त्वायनाले नगरमा अत्यधिकरुपमा क्षयरोगी लुकेर बसेको आशङ्का व्यक्त गरे । उनले क्षयरोग निवारणका लागि समाजमा लुकेर बसेको भन्दा पनि लुकाईएका क्षयरोगीका कारण थप चुनौती बन्दै गएको बताए ।

कार्यक्रममा जिल्लामा क्षयरोगको समग्र अवस्था प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जिल्लामा पत्ता लागेका सबै प्रकारका क्षयरोगीको सङ्ख्या छ सय ५८ रहेको जानकारी दिए । यसमध्ये फोक्सोमा क्षयरोग भएका बिरामीको सङ्ख्या ५७ दशमलव दुई प्रतिशत र फोक्सोबाहेक अन्य भागमा क्षयरोग भएका बिरामीको सङ्ख्या ४२ दशमलव आठ प्रतिशत रहेको उनले बताए ।

उनले क्षयरोग मुक्त चाँगुनारायण घोषणाका लागि क्षयरोगमुक्त अभियान स्वयंसेवकलाई तालिम, क्षयरोग प्रभावित व्यक्ति तथा समुदायको सहभागितामूलक योजना, अनुगमन तथा मूल्याङ्कन प्रणालीको स्थापना, समुदायमा क्षयरोग स्क्रिनिङ क्याम्प सञ्चालन, क्षयरोग मुक्त अभियान स्वयंसेवकलाई परिचालन गरी समुदायमा रहेका जोखिम समूहका बस्तीका घरदैलोमा गई स्क्रिनिङ कार्य गरी रोग पत्ता लगाउने कार्यमा सहयोग, खकार सङ्कलन तथा ढुवानी वा सम्भावित बिरामी प्रेषणलगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले भने,सरकारी लक्ष्य प्राप्तिका लागि अहिलेको अभियानलाई तीव्रता दिनुपर्छ  । उनले क्षयरोग मुक्त अभियानलाई सूक्ष्म योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउँदै अभियानको नियमित अनुगमन र प्रतिवेदन तयार गर्नुपर्ने खाँचो रहेको बताए ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखालगायतका प्रतिनिधिले कुनै पनि बिरामीको पहिलो गन्तव्य निजी फार्मेसी तथा मेडिकल पनि भएकाले क्षयरोगको ‘स्क्रिनिङ’मा उनीहरुलाई परिचालन गर्नुपर्ने सुझाव दिएका थिए । रासस

यो पनि पढ्नुहोस्

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

२ दिन अगाडि
कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक