बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानुन व्यवसायीले आन्दोलन गरेका हुन् ।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।

आइतबार नै नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । सोही अनुसार आज उनीहरुले आन्दोलन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बोल्नुहुँदै कानुन व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको मुद्दा झुटो भएकाले मुद्दा अविलम्व खारेज हुनुपर्ने माग राख्नुभयो । उहाँले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरुको तत्काल सरुवा हुनुपर्ने बताउनुभयो ।

‘‘झुटो मुद्दा लगाइएको छ, यो झुटो मुद्दा अविलम्ब खारेज हुनुपर्छ । कर्मचारी उपरको जाहेरी दर्खास्त जुन छ, त्यो दर्ता हुनुपर्छ भन्ने मलाई लाग्छ । अर्को महत्वपूर्ण कुरा के देखिन्छ भने हामी उच्चबार पाटनको सदस्य र त्यहाँको पूर्वबार अध्यक्षको हैसियतले पनि के भन्छु भने उच्चबारको सदस्यमाथि भएको घटनाको विषयलाई लिएर उच्चबारले तत्काल वक्तव्य निकाल्यो राम्रो कुरा हो ।,’’ कानुन व्यवसायी अधिकारीले भन्नुभयो, ‘‘एउटा व्यक्ति, युनियनका मानिसहरु आएर यहाँ हस्तक्षेप भयो । यो घटनालाई मिलाउन नसक्ने यो अदालतका मुख्य न्यायाधीश पनि यहाँबाट सरुवा हुनुपर्छ । श्रेस्तेदार पनि सरुवा हुनुपर्छ । सम्बन्धित कर्मचारी पनि सरुवा हुनुपर्छ । एकछिन पनि तपाईहरु यो अदालतमा बस्ने कुनै नैतिक अधिकार छैन । घरभित्रको समस्या समाधान गर्न सक्नुहुन्न भने यहाँ बस्ने अधिकार पनि छैन ।’’

आन्दोलनका क्रममा बोल्नुहुँदै अर्का कानुन व्यवसायी सीताराम केसीले अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको भन्दै यो मुद्दा सम्पूर्ण कानुन व्यवसायीमाथि लागेको मुद्दा रहेको बताउनुभयो । उहाँले सिसिटिभी फुटेज कसरी छैन भन्ने बारेमा तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने जानकारी दिनुभयो ।

कानुन व्यवसायी केसीले भन्नुभयो, ‘‘अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको छ । मुद्दा पनि कसरी एउटा सिडिओ कार्यालयमा पेश भएको छ, अर्को अदालतमा नै राखिएको छ । ५÷५ दिन कानुन व्यवसायी भित्र बस्नुभएको छ । ख्याख्याल हो । यो एक अमिर लामिछानेको मात्रै कुरा होइन, हामी सबै कानुन  व्यवसायीहरुलाई मुद्दा लागेको महशुस गर्न सक्नुपर्छ । यो छुट अदालतलाई छैन । यो घटनामा सिसि फुटेज हेरिएको भनिएको छ, पैसाको कुरा पनि आएको छ, सिसि फुटेज कसरी बन्द भयो, हिजोसम्म चलेको सिसि फुटेज १३ गते नै कसरी बन्द भयो, त्यो छानबिन भएर दोषीमाथि कारबाही हुनुपर्छ ।’’

त्यस्तै, अर्का कानुन व्यवसायी सुनिल पोखरेलले यो मुद्दा कानुन व्यवसायी र कर्मचारीबीचको झगडा नभई संस्थागत रुपमा कानुन व्यवसायीलाई डिफेम गर्नका लागि साङ्गठनिक रुपमा लागेको देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिसि फुटेज हेरौँ भन्दा वैशाखमै बिग्रिएर पठाएको भन्ने पत्र आयो । यो समग्रतामा हेर्दा यो खालि कानुन व्यवसायी र कर्मचारीबीचको झगडा नभइ संस्थागत रुपमा एउटा वर्गलाई कानुन व्यवसायीलाई डिफेम गर्नका लागि साङ्गठनिक रुपमा लागेको देखिन्छ । कानुन व्यवसायीलाई बदनाम गरेर तपाई राम्रो हुन सक्नुहुन्न । यो न्यायालय र कर्मचारी वर्गले बुझ्न सक्नुहुन्न ।’’ कानुन व्यवसायी केसीले कानुन व्यवसायीलाई बदनाम गरेर न्यायलय र कर्मचारीमाथि पुग्न नसक्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

६ घण्टा अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक