बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

अनुभवबाट शिक्षा लिएर कम्युनिस्ट एकीकरणका लागि एकताबद्ध हुन आव्हान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अनुभवबाट शिक्षा लिएर कम्युनिस्ट एकीकरणका लागि एकताबद्ध हुन आव्हान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिस्ट एकीकरणका लागि एकताबद्ध हुन आव्हान गर्नुभएको छ । ३४औँ स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरूले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिस्ट एकताका लागि पहल गरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीले फेरि नेकपातिरै फर्कने भनेका छौँ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौँ ।’ देशका वामपन्थीहरूलाई एकताबद्ध गरेर आम श्रमजीवी जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उहाँले आफूहरूको सङ्कल्प रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीले अहिले देशव्यापी स्वरूप लियो । देशको पहिलो शक्ति बनिसक्यो । यो शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गर्‍यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धितिर जान सकिन्छ र समाजवादतिर पनि देशलाई डोर्याउन सकिन्छ भनेको थिएँ । र, कम्युनिस्ट एकता भयो पनि । देशको सबैभन्दा ठुलो शक्तिलाई झन्डै दुईतिहाई  मत प्राप्त पनि भयो ।

 

जनतामा ठुलो उभार र उत्साह देखापर्यो । कम्युनिस्ट समर्थक र शुभेच्छुकमा ठुलो उत्साह र उभार देखापर्यो । प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरूमा एउटा आतङ्क जस्तो भयो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ । त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन । म यसमा कसैलाई दोषारोपण गर्दिनँ । हामी एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ । किनकि विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, सङ्घर्ष विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ ।’

यो पनि पढ्नुहोस्

स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै  ब्राजिल समूह विजेता 

स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै ब्राजिल समूह विजेता 

४ घण्टा अगाडि
स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

रास्वपाकाे मतदान जारी

मोरक्को फिफा विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक