शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता : प्रधानमन्त्री

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता : प्रधानमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने जनाउनुभएको छ । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्नुहुँदै प्रधानमन्त्रीले सो कुरा जनाउनुभएको हो ।

“बजेट पास होला कि नहोला भन्ने तरंग थियो । बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ,’’ प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।’’

प्रधानमन्त्रीले भ्रष्टाचार देशको बिकराल समस्या रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ । थप तीव्रताका साथ अघि बढ्छ ।’’

प्रधानमन्त्रीले प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ र यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जाने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले थप्दै भन्नुभयो, “अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर, अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ । यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ । राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन् । भारतका प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन ।’’

उहाँले भन्नुभयो, “पारवाहन सन्धि पुनरावलोकन पनि महत्त्वपूर्ण निर्णय हो । विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन । यसले विद्युत व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ । यो आउने पिँढीले पनि सम्झिरहने काम हो ।’’

यसैगरी, प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको जनाउनुभएको छ ।

‘‘छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ । त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ ।,’’ उहाँले भन्नुभयो, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’’

प्रधानमन्त्री प्रचण्डले एयररूटका लागि भारतसँग कुरा भएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने बताउनुभयो । साथै, चीन जाँदा पनि यो विषयमा छलफल हुने जानकारी उहाँले दिनुभयो ।

यो पनि पढ्नुहोस्

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

४ घण्टा अगाडि
राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक