बुध, अशोज १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

बजारमा जुम्ली स्याउको माग

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
बजारमा जुम्ली स्याउको माग

जुम्ला । बजारमा जुम्ली स्याउको माग बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ।

जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने कार्य अघि बढेको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदान दिने कार्यनीतिले स्याउ खेती विस्तार हुँदै गएको हो।

आर्थिक वर्ष २०७३/७४ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई स्याउ बगैँचा विस्तारका लागि बिरुवामा अनुदान, कृषि सामग्री अनुदान तथा क्षमता विकास कार्यक्रम गर्न थालेपछि स्याउ खेती विस्तारमा थप सहयोग पुगेको छ। यस अभियानले कृषि विकास कार्यालयलाई सघाउसमेत पुगेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्क अनुसार जुम्लामा ४२ हजार २५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ। जसमा उच्च घनत्वका बिरुवा पनि लगाउन थालिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका प्रमुख खेमराज शाहीका अनुसार ३३५.७५ हेक्टर जमिनमा यस कार्यक्रम अन्तर्गत स्याउ खेती बढाइएको छ। यसै गरी ६५ हेक्टर जुम्लाको जमिनमा ओखर खेती विस्तार गरिएको छ। नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत गुठीचौर एग्रो फर्ममा मात्रै ४६ लाख ९९ हजार ४५० रुपियाँ अनुदान सहयोगसमेत भएको छ। शाहीका अनुसार २५ लाख बिरुवामा अनुदान तथा २१ लाख ९९ हजार रुपियाँ सिँचाइ र घेराबारमा अनुदान दिइएको छ।

गुठीचौर एग्रो फर्ममा जलजला, धपडा र काडा खोला स्थानमा सञ्चालन गरिएको गुठीचौर एग्रो फर्ममा किसान भण्डारीको नेतृत्वमा ३५ हजार बिरुवा रोपेर नेपालकै ठुलो बगैँचा स्थापना भएको छ। भण्डारीले एकै स्थानमा २८ हजार स्याउ बिरुवा रोपिएको जानकारी दिनुभयो। बगैँचामा फुजी, किङरङ र गोल्डेन जातको स्याउ रोपिएको छ। किसान भण्डारीले गत वर्ष ८० टन स्याउ उत्पादन भएको र यस वर्ष दुई सय टन स्याउ फल्ने अनुमान रहेको छ। जुम्ला गुठीचौर गाउँपालिकाका किसान मीनबहादुर भण्डारीजस्तै धेरै किसानले अहिले स्याउबाटै आर्थिक समृद्धिको भविष्य देखेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका आखे कृषि पर्यटन तथा अनुसन्धान उद्योगले तीन हजार पाँच सय स्याउ बिरुवा रोपेको छ। किसान सरोज शाहीका अनुसार बगैँचाबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ४५० बिरुवा ५० प्रतिशत अनुदान दिइएको र १० लाख ५० हजार अनुदानमा स्याउ ग्रेडिङ मेसिन प्रदान गरिएको छ।

गुठीचौर गाउँपालिका–३ तल्लो गुठीचौरमा किसान टङ्क गिरी २२ हेक्टर जमिनमा १४ हजार स्याउ बिरुवा रोपेर व्यावसायिक कृषि व्यवसायमा लाग्नुभएको छ। उहाँले दुई हजार दुई सय हेक्टर जमिनमा घेराबार गरेर स्याउ लगाउनुभएको हो। हिमाली टी एन्ड एग्रो प्रालिको नाममा सुरुवात गरिएको उक्त बगैँचाका किसान गिरीको बगैँचामा २४ लाख ४९ हजार रुपियाँ अनुदान प्राप्त गरिएको सुपरजोन कार्यालयले जानकारी दिएको छ।

कालिकोटमा तिलागुफा नगरपालिका–३, चुलीकर्णाली एग्रो प्रालीले फोइगाउँमा ७६ हजार तीन सय वर्गमिटर तथा १५० रोपनी जग्गा क्षेत्रफलमा २० हजार बिरुवाको स्याउ बगैँचा स्थापना गरेको छ। सो बगैँचामा स्याउ सुपरजोन कार्यालयले पाँच हजार बिरुवा फुजी स्याउ अनुदान उपलब्ध गराइएको छ। जुम्लामा मात्रै यो वर्ष १९ हजार दुई सय बिरुवा अनुदान दिइएको सुपरजोन कार्यालयले जनाएको छ। प्रालिका सञ्चालक नवीन हमालका अनुसार ७० लाख लगानी भएको छ। गुठीचौर गाउँपालिका–५ मा पनि दुई हजार आठ सय बिरुवा रोपिएको सामुदायिक बगैँचा स्थापना गरिएको छ। स्थानीय धर्म भण्डारीका अनुसार सामूहिक रूपमा सो बगैँचाको स्थापना गरिएको हो। सामुदायिक बगैँचाको जग्गा ४० जना किसानको रहेको छ। सो बगैँचामा पनि सरकारले लगानी सुरु गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाले सो बगैँचामा एक हजार पाँच सय बिरुवाको ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ। स्याउले पछिल्लो जिल्लाका नाङ्गा डाँडापाखा रोपिँदै आउन थालेका छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा आर्थिक वर्ष २०७९/८० मा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जनाइएको छ।

यो पनि पढ्नुहोस्

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

२ घण्टा अगाडि
प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्धन गर्न सक्छौँ: मुख्यमन्त्री शर्मा

प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्धन गर्न सक्छौँ: मुख्यमन्त्री शर्मा

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयन गर्न छलफल

सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयन गर्न छलफल

९ मिनेट अगाडि
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

२ घण्टा अगाडि
प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

२ घण्टा अगाडि
उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका

अमेरिकी कांग्रेसको भ्रमणलाई चीन बेइजिङले स्वागत गर्ने

२ घण्टा अगाडि
‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा कामनपाकाे हस्तक्षेप

पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

२ घण्टा अगाडि
गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

२ घण्टा अगाडि

लोकप्रिय

  • अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

    0 shares
    Share 0 Tweet 0
  • तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    0 shares
    Share 0 Tweet 0
  • नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

    0 shares
    Share 0 Tweet 0
  • बझाङमा भुकम्पमा परेर ४० वर्षीया गुनमति धामीकाे निधन

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist