शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बुझ्ने र बदल्नेबारे सही मार्क्सवादी दृष्टिकोण !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय लोक प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा फुटको संकेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-नारायण शर्मा

सामान्यतया जीवन र जगत अर्थात चेतना र पदार्थ वा भनौं व्यक्ति र वस्तु, घटना र प्रकृया, विचार र व्यवहार, वृत्ति र प्रवृत्ति अनि विश्व र ब्रह्माण्ड आदिका बारेमा यावत कामकुराहरु जान्ने कार्यलाई हेर्ने वा बुझ्ने भनिन्छ ! यसरी बुझ्ने भनेको कुनै वस्तुको जन्म, विकास र विनासका बारेमा, उक्त वस्तुका विशेषताका बारेमा, सो वस्तुसँग अरु वस्तु, व्यक्ति वा घटनाको अन्तर्सम्बन्धका बारेमा अध्ययन गर्नु र निष्कर्षमा पुग्नु पनि हो ! साथै, सो वस्तुलाई देस, काल र वातावरणका सापेक्षतामा हेर्ने, त्यस्को अन्य विभिन्न वस्तु र प्रकृतिसितको अन्तर्सम्बन्ध, अन्तर्कृया, अन्तर र प्रभाव हेर्ने र सो वस्तुको उपादेयता र उपयोगिता के कति छ भनेर हेर्ने पनि बुझ्ने नै हो ।

कुनै पनि वस्तुका आन्तरिक र बाह्य, प्रत्यक्ष र अप्रत्यक्ष, स्थूल र सूक्ष्म, भौतिक र आत्मिक, स्थायी र अस्थायी, जीवनशील र मरणशील, सकारात्मक र नकारात्मक, अंश र समग्र, आदि विभिन्न रुप, गति, पक्ष र विशेषताहरु रहेका हुन्छन् । तिनको कसीमा राखेर सो वस्तु वा विषयलाई अनुगमनात्मक र निगमनात्मक अनि विश्लेषणात्मक र संश्लेषणात्मक रुपमा जन्मदेखि मृत्युसम्म अर्थात् आदिदेखि अन्तसम्म, इतिहासदेखि वर्तमान हुँदै भविष्यसम्म, सामान्यदेखि विशेषसम्म र तलदेखि माथिसम्म हेरेर जाँच्ने, परीक्षण र प्रयोग गर्ने विधि नै बुझ्नेबारेको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी अर्थात् सही, वस्तुवादी र बैज्ञानिक विधि हो ।

यसरी कुनै वस्तु वा विचार अथवा समाजव्यवस्थाका विविध आयामहरुलाई विभिन्न तरिकाले हेरेर त्यसको साङ्गोपाङ्गो रुप र गुण अनि सकारात्मक र नकारात्मक पक्ष समेत विश्लेषण र संश्लेषण गरेर सार र समग्रमा सो वस्तु वा विचारका बारेमा सम्पूर्णरुपले निष्कर्षमा पुग्ने र ग्रहण गर्ने वा आत्मसात गर्ने प्रयत्नजन्य कार्यलाई बुझ्ने भनिन्छ । कुनै कुरालाई राम्रोसँग, सही तरिकाले अर्थात् वस्तुवादी र बैज्ञानिक दृष्टिकोणले हेरेर वा बुझेर त्यसका बारेमा निकालिएको निष्कर्षका आधारमा त्यो कुरालाई अवलम्बन र कार्यान्वयन गर्ने वा नगर्ने, भोग्ने वा त्याग्ने, विकास गर्ने वा विनास गर्ने जस्तो निर्णय लिनुपर्ने हुन्छ !

नबुझीकनै कुनै कामकुरा गरियो भने त्यो घातक पनि हुनसक्छ ! त्यसैले कुनै वस्तु वा विचार स्वीकार वा बहिष्कार गर्नुभन्दा पहिले अथवा त्यसलाई बदल्ने र विकास गर्ने वा ध्वंश गर्ने र विनास गर्ने गर्नुभन्दा पहिले सम्बन्धित वस्तु, विचार, विषय वा व्यक्तिका बारेमा सही बुझाइ हुनु प्राथमिक र अनिवार्य आवस्यकता र शर्त नै हो र हुनैपर्दछ । यदी सही तरिकाले हेर्न र बुझ्न सकिएन भने सही रुपमा बदल्न र विकास गर्न पनि सकिन्न ! तसर्थ कुनै कामकुराबारे बुझिसकेपछी बदल्नेबारे पनि जानकारी हुन आवश्यक हुन्छ ! साधारत: कुनै वस्तु, व्यक्ती, विचार वा वृत्ती-शक्ति र प्रवृत्ति अनि व्यवस्था र अवस्थालाई सचेत वा अचेत, स्वाभाविक वा अस्वाभाविक, सरल-सहज वा जटिल-कठिन, ढिलो वा चाँडो, विधिपूर्वक वा बलपूर्वक, स्वतस्फूर्त वा योजनाबद्ध, रहरले वा बाध्यताले, एकल वा सामूहिक, थोरै वा धेरै, रुपमा वा गुणमा, अंशमा वा समग्रमा र आन्तरिक वा बाह्यरुपमा हुने बदलाव वा गरिने फेरबदललाई परिवर्तन अर्थात् change हुने वा गर्ने कामकुरालाई नै बदल्ने भनेको हो ।

मार्क्सवादी विचार, दृष्टिकोण र सिद्धान्तअनुसार सचेत, संगठित र योजनाबद्ध रुपमा पुरानो, मक्किएको, मरणशील र कालातीत भैसकेको कुनै पनि कुरालाई अर्को नयाँ, युगीन, क्रान्तिकारी र जीवनशील कुराले निषेध वा रुपान्तरण गरेर हुने, गर्ने वा गराइने गुण वा सारको परिवर्तन जो सही वा प्रभावकारी पनि हुन्छ, त्यही कार्य हुनु भनेको नै बदल्नु भनेको हो ! कुनै वस्तु, विचार, व्यक्ती, प्रकृति र घटनामा हुने वा गरिने यो बदलाव वा परिवर्तन मुख्यतः दुई रुपमा हुन्छ ! एउटा हो मात्रात्मक परिवर्तन अर्थात मात्रा-मात्रा गरेर, अंश अंश हुँदै, थोरै-थोरै रुपमा क्रमशः ढिलो गरी शान्तिपूर्ण रुपले र स्वत: हुने वा गरिने विकास वा परिवर्तन ! अनि अर्को हो- गुणात्मक परिवर्तन अर्थात् सचेत, संगठित र योजनाबद्ध रुपमा बलपूर्वक धक्का, छलाङ्ग र फड्कोको स्वरुपमा भित्रैदेखी हुँदै र गर्दै आएर एक्कासी देखिने, हुने वा गरिने पूर्ण परिवर्तन !

उदाहरणार्थ पानी सुस्त सुस्त क्रमशः तात्दै जाँदा चिसो पानी चीसोबाट क्रमशः मनतातो, अलि तातो र चर्को हुनु पानीको चिसो र तरल (बग्ने) विशेषतामध्ये चिसो विशेषता तातो विशेषतामा मात्र बदलिनु मात्रात्मक परिवर्तन हो भने त्यही पानीलाई १०० डिग्री तापक्रमभन्दा माथितिर तताउँँदै गएमा पानी उम्लेर बाफ बन्छ अर्थात् नित्तान्त नयाँ र भिन्नै वस्तुमा बदलिन्छ । यसरी तातो हुनुसंगसंगै पानीको तरल (बग्ने) विशेषता वा गुण उड्ने विशेषता भएको भिन्नै पदार्थ वायुमा बदलिनु गुणात्मक परिवर्तन हो । यसरी स्पष्ट हुन्छ कि कुनै वस्तु, व्यक्ति, घटना, प्रकृति र समाजमा हुने वा गरिने आमूल परिवर्तन अर्थात् उक्त कुराको रुप, रङ्ग, आकार, प्रकार मात्र होइन गुण, गति, प्रकृति र प्रवृत्ती बदलिएको पूर्णरुपले भिन्नै र नयाँ कुरा बन्नु-बनाउनु गुणात्मक रुपले बदल्नु वा परिवर्तन हुनु/गर्नु हो । स्मरणीय छ कि गुणात्मक रुपले बदलिएको वस्तु वा व्यक्तिमा पुरानै मूल विशेषतालगायत प्रायः सबै गुण वा विशेषताहरु समाप्त हुन्छन् र नित्तान्त नयाँ विशेषता भएको अर्कै वस्तुको रुपमा उक्त पुरानो बस्तु बदलिन्छ वा पुनर्निर्माण/पुनर्जन्म हुन्छ ।

यो परिवर्तनलाई हेर्दा सामान्यतया यस्तो लाग्छ कि गुणात्मक प्रकारले वस्तु बदल्दा वा बदलिंदा पहिलेको वस्तु ध्वंस, ध्वस्त र समाप्त भयो अर्थात् त्यसको अस्तित्व हरायो वा विलायो ! तर वास्तवमा पुरानो वस्तुको रुप र गुण बदलिएर अर्कै नयाँ वस्तु बनेको हुन्छ अर्थात् पुरानो वस्तुमा आधारभूत बदलाव आएर उक्त वस्तुको परिवर्तित रुप र सारमा अर्थात् गुणको हिसाबले भिन्नै वस्तुमा विकसित भएको हुन्छ । यही परिवर्तन, विकास वा बदलाव हुने, ल्याउने वा गर्ने कृयालाई नै बदल्ने भनिन्छ । परिणाम र गुणका हिसाबले परिवर्तनको यो प्रकृया वा स्वरुप पनि दुई प्रकृतिको हुन्छ ! एउटा बदलिने प्रकृया र स्वरुप सकारात्मक अर्थात् उर्ध्वन्मुख, अग्रगमनकारी, विकासशील, जीवनशील र समृद्धितर्फको हुन्छ भने अर्को नकारात्मक अर्थात् उँधोन्मुख, पश्चगमनकारी, पतनोन्मुख र विनाशशील वा मरणोन्मुख हुन्छ । सामाजिक जीवनमा पहिलो प्रकारको परिवर्तनको अर्थात् सकारात्मक परिवर्तनको नै आवस्यकता हुन्छ र त्यो छिटो र राम्रो तरिकाले प्राप्त हुने भनेको गुणात्मक परिवर्तन मार्फत नै हुन्छ !

त्यसैले त क्रान्तिकारी मार्क्सवादीहरुले गुणात्मक परिवर्तनमा अर्थात् drastic change मा मुख्य, बढी र विशेष जोड दिन्छन् र दिनुपर्दछ भने मात्रात्मक परिवर्तन अर्थात् gradual change मा सहायक, कम र सामान्य जोड दिन्छन् । तथापि उनीहरुले यी दुवै प्रकारका परिवर्तनलाई संयोजित र सन्तुलित गरेर प्रयोग गर्नुपर्नेमा ध्यान पुराउनु उचित र आवश्यक हुने ठान्दछन् । साथै सच्चा मार्क्सवादी क्रान्तिकारी कम्युनिस्टहरुले संसारलाई बुझ्ने मात्र होइन, बदल्नेमा पनि त्यत्तिकै जोड दिन्छन् र संसार बदल्ने यो प्रकृयाको पहिलो पाइलो वा सुरुवातको विन्दु आफैलाई बनाउँछन् अर्थात् आफूलाई बदल्दै जाँदा मात्र अरुलाई र संसारलाई बदलेर समुन्नत, समृद्ध, समतापूर्ण, सुन्दर र सुखद बनाउन सकिने मान्यता राख्छन् ! यही बुझाइ नै बदल्ने बारेको वास्तविक, वस्तुवादी र वैज्ञानिक अर्थात् सही, समयानुकूल र सुन्दर बुझाइ हो । यही नै बुझ्ने र बदल्ने क्रान्तिकारी मार्क्सवादी अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी बुझाइ पनि हो ।

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

पश्चातापमा एमाले पार्टीका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक