शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विद्यालयको छानो हावाहुरीले उडाएपछि विद्यार्थी खेलमैदानमा पढ्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विद्यालयको छानो हावाहुरीले उडाएपछि विद्यार्थी खेलमैदानमा पढ्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिन्धुलीमाढी । सिन्धुलीको कमलामाई नगरपालिका–४, केराबारीको एक प्राथमिक विद्यालयका विद्यार्थी एक सातादेखि चौरमा बसेर पढिरहेका छन्। जस्तापाताले छाएको विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि विद्यार्थी खेलमैदानमा बसेर दिनभर पढ्छन्। बालविकास कक्षासहित कक्षा ५ सम्म सञ्चालित यो विद्यालयमा अहिले ४३ बालबालिका अध्ययनरत छन्।

छानो उठाएपछि कक्षाकोठा बस्नयोग्य नभएको र विद्यालयमा अरू कोठाको अभाव भएपछि चौरमै बसेर पढ्न पढाउन बाध्य भएको सो विद्यालयका प्रधानाध्यापक हेमबहादुर आलेले बताउनुभयो। खुला चौरमा पढ्नुपर्ने भएपछि बालबालिका विद्यालय आउने क्रम घट्दै गएको बताइएको छ। दिनैजसो पानी परिरहेकाले कक्षाकोठा हिलाम्मे रहेको र कक्षाकोठाभित्र राखेर पढाउन सक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो।

विद्यालयको छानो उडाएको एक साता बितिसके पनि कसैले चासो नदिएको उहाँले गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “गत बिहीबार वर्षासँगै आएको हावाहुरीले छानो उडाएर ध्वस्त नै बनाएको छ। छानो मर्मतका लागि सहयोग माग्न नगरपालिका धाइरहेको छु।” हावाहुरीले जस्तापातासहित छानो छाउन प्रयोग गरिएका काठसमेत भाँचेको छ।

सो विद्यालयका दुईवटा भवनमध्ये बालविकास कक्षा र कार्यालय भवन रहेको दुईकोठे भवन मात्रै सुरक्षित छ। पानी परेको बेला चौरमा पढिरहेका विद्यार्थी बालविकास कक्षा र कार्यालयमा आएर ओत लाग्ने गरेका छन्। कमलामाई नगरपालिकाका कतिपय विद्यालयमा आधुनिक शैलीका पक्की भवन निर्माण भइरहेका छन् तर २०४४ सालमा स्थापना भएको यो विद्यालय ढुङ्गा माटोको गारोबाट निर्माण गरिएकाले जीर्ण छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सक्तबहादुर तामाङले भन्नुभयो, “छानोको अभावमा बालबालिकाको पढाइलाई नियमित गर्न निकै सकस भएको छ।” कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले विद्यालय मर्मतका लागि आवश्यक जस्तापाता र छाउन लाग्ने खर्च उपलब्ध गराई सहयोग गर्ने बताउनुभयो।

 

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

१३ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक