शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

रास्वपाले पुरानै दलहरुलाई पछ्याउने खतरा !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

निमकान्त पाण्डे
नेपालको राजनीतिक इतिहासमा स्थापनाको छोटो समयमै राम्रो जनमत हासिल गर्न सफल भएको पार्टी हो, राष्ट्रिय स्वतन्त्रता पार्टी । रास्वपाले हालै आफ्नो एक वर्ष पूरा भएको अवसरमा नयाँ पार्टी कार्यालय पनि स्थापना गरेको छ । स्थापनाको केही महिनाभित्रै भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा चौंथो दल बन्न सफल भयो । त्यसैले पनि यो पार्टीको लोकप्रियतालाई अहिले कम आँक्न मिल्दैन । यहीकारणले अहिले रास्वपा परम्परागत दलहरुका लागि चुनौती पनि बनेको छ ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा स्थापना भएको रास्वपा वैकल्पिक पार्टीको रुपमा उदाएको हो । यसको आधार भने स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको विजयलाई मान्न सकिन्छ । जब काठमाडौं महानगरपालिकामा बालेन शाह, धरान उपमहानगरमा हर्क साम्पाङ र धनगढी उपमहानगरमा गोपाल हमालको जित हासिल गरे, तब नागरिकले पुराना दल र नेताप्रति वितृष्णा व्यक्त गरेको स्पष्ट भएको थियो । सञ्चारकर्ममा लोकप्रियता हासिल गरेका लामिछानेले यही वितृष्णालाई आफ्नो हतियार बनाए र आफ्नो लोकप्रिय छविको आडमा पार्टी स्थापना गरे । नयाँ अनुहार र नयाँ सोच बोकेर आएका लामिछानेलाई जनताले पनि अपार माया दिए ।

रास्वपालाई जनमत हासिल हुनुको प्रमुख पुराना राजनीतिक दलप्रति जनताको वितृष्णा मान्न सकिन्छ । तर, रास्वपा त्यही पुराना दलकै पदचापलाई पछ्याउन खोजेको त छैन भन्ने आशंका अहिले देखिन थालेको छ । यसको पहिलो कारण, सत्ताप्रति यसको आशक्तिलाई लिन सकिन्छ । निर्वाचनबाट चौंथो दल बनेलगत्तै रास्वपा एमाले र माओवादीसहित दलको गठबन्धनको सरकारमा सहभागी भएको थियो । यो दलबाट उपप्रधान तथा गृहमन्त्री बनेका थिए, सभापति लामिछाने । जनताले मत दिनुको अर्थ सरकारमा रहेर काम गर्नु भन्ने आदेशको रुपमा अथ्र्याए पनि रास्वपा सरकारमा जान हतारिएको स्पष्ट हुन्छ । विशेषगरी कुनै पनि राजनीतिक दलले बहुमत नपाएको र साना दलको संख्या धेरै भएकाले रास्वपाले सरकारमा जान पर्ख र हेरको नीति लिन ठीक हुन्थ्यो । तर, नागरिकता विवादको कारण आलोचनामा रहेका लामिछानेले त्यसैसँग सम्बन्धित गृह मन्त्रालय रोज्नु नै आफैमा विरोधाभास थियो । उनको यो कदम शक्तिकेन्द्रप्रति पुरानै दलको जसरी आशक्तिको रुपमा अथ्र्याइएको थियो । तर, नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको मन्त्री र सांसद दुवै पद गयो । तर, उनी पुनः रास्वपा हुन हतारिए । सांसद नै नरहीकन पनि गृहमन्त्री बन्ने लबिइङमा लागे । कुनै बेला सांसद नै नहुँदा मन्त्री बनेकोमा विरोध गर्ने लामिछाने आफैं त्यही विकृति दोहोराउन चाहिरहेका थिए । यसको पनि आलोचना भएको थियो ।
रास्वपाले सत्ताका लागि जोसँग पनि सहकार्य गर्न सकिने प्रवृत्ति देखाउन थालेपछि पुरानै दलजस्तो हुने आशंका गर्न थालिएको छ ।

अर्कोतर्फ यो दलका सांसदहरुले सर्वसाधारणको सामान्य आलोचनालाई पचाउन नसक्ने र उल्टै प्रत्याक्रमणको शैलीमा उत्रिने प्रवृत्ति देखाउन थालेका छन् । यसको एउटा उदाहरण सभापति लामिछानेकै लिन सकिन्छ । सांसद पद खारेज भएपछि उनले मिडियालाई तथानाम गाली गरेका थिए । यसले पनि उनको असहिष्णु प्रवृत्ति उजागर गर्छ । यसबीचमा यो दलका सांसद डा. ढाकाकुमार श्रेष्ठ व्यवसायीसँग रकम मागेको प्रकरणमा निलम्बित भए । उनले मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो । उनले भने पार्टीको कोर टिमले पैसा आवश्यक भएको बताएकोले व्यवसायी रकम मागेको उल्लेख गरेका थिए । यो कोर टिम भनेको पार्टी सभापति लामिछानेकी निकटवर्ती भएको सञ्चारमाध्यममा आएका थिए । यो प्रकरणले पनि रास्वपा कतै पुरानै पार्टी जस्तो भ्रष्ट बन्दै जाने आशंका देखिएको छ ।

नेपालमा लामो समय सत्ताको बागडोर सम्हालेका राजनीतिक दलको कार्यकालमा पूँजीपति वर्ग, ठूला व्यवसायी, बैंकर तथा केही सीमित व्यक्तिलाई मात्र फाइदा हुने गरी नीति नियम बनेका छन् । समाजमा तल्लो तहमा रहेका, दैनिक ज्यालादरी काम गरेर खानुपर्ने श्रमिक, गरिब तथा किसानहरु भने राज्यको उपेक्षामा रहँदै आएका छन् । राजनीतिक दलका नेताहरुको जीवनस्तर केही वर्षमा नै ह्वात्तै फेरिने र उनीहरु ठूलाठूला भ्रष्टाचारमा काण्डमा जोडिने गरेका छन् । यसको पछिल्लो उदाहरण नक्कली भुटानी शरणार्थी प्रकरण पनि हो । पुराना दलको यिनै गतिविधिका कारण नयाँ पुस्तामा राजनीतिमा चर्को निराशा र आक्रोश छ । यही आक्रोशको जगमा उभिएको रास्वपाले समाजको पिँधमा रहेका जनताको हितका लागि काम गर्नु अत्यावश्यक छ । नत्र त्यो आक्रोशले पुराना दललाई जसरी रास्वपालाई पनि भष्म गर्ने सम्भावना छ ।

यो पनि पढ्नुहोस्

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
देशभर तापक्रम बढ्दै

तराईका जिल्लामा अत्यधिक गर्मी हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

पश्चातापमा एमाले पार्टीका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक