बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचारको ठूलो फाइल खुल्यो !

पूर्वप्रधानमन्त्री, मन्त्री, न्यायाधीश र ठूला घरानाका व्यापारी लगायत पक्राउ पर्ने अवस्था

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भ्रष्टाचारको ठूलो फाइल खुल्यो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं/ठूला नेता तथा व्यवसायी संलग्न भएको बहुचर्चित ललिता निवास प्रकरणको फाइल फेरि खुलेको छ । हालै मात्र नक्कली भुटानी शरणार्थी प्रकरणमा केही ठूला नेता तथा व्यक्तिहरुलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन सफल भएको नेपाल प्रहरीले ललिता निवास प्रकरणको फाइल पनि खोलेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा लगिएको प्रकरणमा प्रहरीले केही चर्चित व्यक्तिहरुलाई पक्राउ गरेको हो । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गर्दै आएको छ । पहिलो चरणमा पूर्वप्रधानमन्त्री, मन्त्री तथा ठूला व्यवसायी र कर्मचारीको नाम यो प्रकरणमा सहभागी भएको सार्वजनिक भएको थियो । तर, कारबाहीको प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन । यसपटक दोस्रो चरणको अनुसन्धानमा प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान तीव्र गतिमा अघि बढ्ने संकेत देखाएको हो ।

सीआईबीले यो प्रकरणमा अहिलेसम्म ७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमाहरुमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजारका तत्कालीन प्रमुख एवम् पूर्व सहसचिव कलाधर देउजा तथा कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भूपेन्द्रमणि केसी, गोपाल कार्की छन् । पक्राउ परेका कर्मचारीहरु २०४९ देखि २०६६ सालसम्म मालपोत तथा नापी कार्यालयमा कार्यरत थिए ।

कुनै बेला राणा परिवारको नाममा रहेको ललिता निवासको जग्गा पछि सरकारको नाममा आएको थियो । त्यसैलाई फेरि व्यक्तिको नाममा लगी बिक्रीवितरण गरेको पाइएको हो । यस्तो चलखेलमा मालपोतका कर्मचारी मात्र होइनन्, ठूला मन्त्रीदेखि तत्कालीन प्रधानमन्त्रीसम्मको नाम जोडिएको छ ।

२०२१ सालमा राणाहरुको जफत तथा अधिग्रहण गरिएको जग्गा २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले छानबिनपछि फिर्ता गर्नुपर्ने देखिएमा फिर्ता गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई देखाउँदै मिलेमतोमा १४० रोपनी जग्गाभन्द बढी जग्गा व्यक्तिको नाममा पुगेको सीआईबीको अनुसन्धानले देखाएको छ । रामकुमार सुवेदी र शोभाकान्त ढकालको योजनामा नक्कली मोही खडा गरेर २०४९ सालदेखि सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको सीआईबीले जनाएको छ । ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोगको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा १७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो ।

सीआईबीको अनुसन्धान रिपोर्टअनुसार २० वर्षको अवधिमा ४ चरणमा उक्त जग्गा हत्याइएको छ । २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चार पटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याइएको हो । यस प्रकरणमा २०७८ सालमा ३ वर्षसम्म अध्ययन गरेर सीआईबीले मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो । हिनामिनामा संलग्नविरुद्ध ७ वर्षसम्म कैद र करिब पौने १४ अर्ब रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष थियो । तर, त्यो प्रतिवेदनलाई सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको थियो । उक्त कार्यालयले थप अनुसन्धान गर्नुपर्ने कारण देखाउँदै प्रतिवेदन सीआईबीमै फिर्ता गरेको थियो ।

जग्गा हिनामिनामा संलग्न तत्कालीन भोगाधिकारी, पाँच पूर्वसचिव, डेढ दर्जन पूर्वसहसचिव, दर्जन बढी व्यापारीलगायत साढे तीन सय बढीलाई १३ अर्ब ७६ करोड बिगोसहित कैद र जरिवाना मागदाबी गर्दै सीआईबीले प्रतिवेदन तयार पारेको थियो । सीआईबीले ‘राजनीतिक दबाब’ कै कारण नेताहरूलाई भने प्रतिवादी नबनाई उन्मुक्ति दिएको थियो । कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित राजनीतिक पृष्ठभूमिका व्यक्ति र मन्त्रिपरिषद्का गैरकानुन निर्णयमा संलग्न अन्यलाई प्रतिवादी नै बनाइएको थिएन तर पनि मुद्दा दर्ता हुन सकेको थिएन । अब भने यो प्रकरणमा थप कारबाही प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ ।

यस प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, एमाले नेता विष्णु पौडेल लगायतका नेताहरुको नाम समावेश छ । उच्च कर्मचारीहरु पनि यस प्रकरणमा मुछिएका छन् । २०६६ साल चैत अनि २०६७ सालको वैशाखमा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवास विस्तारका क्रममा नक्कली मोहीलाई पनि जग्गा दिने निर्णय गरेको थियो । तर प्रक्रिया नपुगेका र विवादमा परेका नक्कली मोहीलाई भूमिसुधार कार्यालयले जग्गा दिने निर्णय गर्न मानेको थिएन । त्यसपछि भूमिसुधार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले भूमिसुधार कार्यालयको अधिकार मालपोत कार्यालयले प्रयोग गरी मोहीलाई जग्गा दिने निर्णय गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको थियो । यस्तै, २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले बाँकी रहेको ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो ।

उच्च नेता, कर्मचारी र व्यवसायी जोडिएकै कारण पनि ललिता निवास प्रकरणमा राजनीतिक दबाब र प्रभाव पर्ने गरेको छ । यसबीचमा यस प्रकरणमा संलग्नताको आरोपमा केही पक्राउ परे पनि अदालतबाट छुटेका थिए । तर, पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणबाट प्रहरी तथा सरकारकै पनि मनोबल बढेको छ । यसकारण ललिता निवास प्रकरणमा पनि सरकारले केही उच्चस्थ व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउने सम्भावना छ । जनधारणा साप्ताहिकबाट

 

यो पनि पढ्नुहोस्

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

८ घण्टा अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसकाे सदस्यता अद्यावधिक पुनः कार्यतालिका सार्वजनिक

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक