शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुनसरीमा बिहान ४ बजेदेखि नै नागरिकता लिनेहरूको भीड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुनसरीमा बिहान ४ बजेदेखि नै नागरिकता लिनेहरूको भीड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीमा पछिल्लो समय बिहान ४ बजेदेखि नै नागरिकता लिनेहरूको भीड लाग्न थालेको छ । जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु गरेपछि प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको हो । अन्य जिल्लामा जस्तै सुनसरीमा पनि मंगलबारदेखि जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्ततीहरूले वंशजको आधारमा नागरिकता प्राप्त गर्न थालेका छन् ।

मंगलबार पहिलो दिन ४७ जनाले वंशजको आधारमा नागरिकता लिए पनि बुधबार बिहानैबाट भीड बढेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

पाण्डेका अनुसार मंगलबार २९ महिला र १८ पुरुषलाई नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ बमोजिम नागरिकता वितरण गरिएको हो ।

सेवाग्राहीको भीड अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले बुधबारका लागि एक सय ६० जनाका लागि टोकन दिएको छ । भीड बढेपछि कार्यलयले बिहीबारदेखि स्थानीय तहअनुसार तालिका बनाएर दैनिक सेवा दिने जनाएको छ । बिहीबारबाट नागरिकता प्राप्त गर्न पालिका विभाजन तालिका अनुसार आउन अनुरोध गरेको छ ।

आइतबार इटहरी उपमहानगरपालिका, सोमबार रामधुनी नगरपालिका र भोक्राहा गाउँपालिका, मंगलबार बराहक्षेत्र नगरपालिका, बुधबार दुहबी नगरपालिका, बिहीबार इनरुवा नगरपालिका र गढी गाउँपालिका साथै शुक्रबार कोशी गाउँपालिकाका सेवाग्राहीले नागरिकता लिन जानुपर्ने तालिका बनाएको प्रशासनले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउन थालेका हुन् ।

विधेयक प्रमाणीकरण नहुँदा ठूलो संख्यामा विशेषगरी मधेशका बासिन्दाहरू नागरिकता विहीन बन्नु परेको थियो ।

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

बजेटमा सकारात्मक पक्षको चर्चा

४ घण्टा अगाडि
‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक