काठमाडौं, १२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सरेको छ ।
यसअघि असार २३ गतेदेखि प्रज्ञा भवन कमलादी, काठमाडौंमा हुने गरी आयोजना गरिएकोमा सबै प्रदेशहरुमा वजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आ.व.को हिसाब फछ्र्यौट गर्नुपर्ने भएकाले बैठक आगामी श्रावण १७ गते सोही स्थानमा हुने जनाइएको छ ।