मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत। कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव बुढाथोकीले जानकारी दिए। बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथी असन्तुष्टि जनाउँदै संसद् अवरुद्ध गरेको थियो। सरकारले बजेट पैतृक सम्पत्ति जसरी बाँडेको एमालेको आरोप छ।

आज पनि एमालेले अवरोध गर्ने भएपछि बैठक स्थगित गरिएको बताइएको छ। बुधबारको बैठकदेखि मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका थियो। तर, बुधबारको बैठक सुरु भए लगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले बजेट असमान ढंगले बाँडेको भन्दै संशोधन गर्न माग गरेका थिए।

एमालेको अवोध पछि स्थगित बैठक एक सूचना टाँस गरेर बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो। आज पनि एमालेले सदन चल्न नदिने भएपछि बैठक १७ गतेका लागि साररिएको एक सांसद बताए।

‘बजेटमा मुख्यमन्त्री र मन्त्रीज्यूहरुले मनोमानी गरेको देखिन्छ। बोल्ने एउटा गर्ने अर्कै उहाँहरुको प्रवृत्ति छ,’ ती सांसदले अनलाइनखबरसँग कुरा गर्दै भने।

गत असार १ गते प्रदेश सभामा आर्थिक वर्ष २०८०(८१ को बजेट पेष गरेका अर्थमन्त्री बेदराज सिंहले त्यसको भोलिपल्ट २ गते बजेटकै विषयमा पत्रकार सम्मेलन गरेका थिए।

बजेट निर्माणका क्रममा आफ्नै मन्त्रालय मातहतमा रहने प्रदेश योजना आयोगकै मान्छेबाट योजना पार्न दबाब, धम्की र बार्गेनिङ भएको बताए।

पत्रकार सम्मेलनमा अर्थमन्त्री सिंहले भनेका थिए, ‘हामीलाई विभिन्न प्रकृतिका म्यासेज, फोन, प्रलोभन र धम्की समेत आए। कतिपयले पैसा बुझ्न आउनुस् समेत भने। ती सबै कुराहरुलाई हामीले रेकर्ड गरेर राखेका छौँ।आवश्यकता अनुसार सार्वजनिक गर्नेछौं।’

अर्थमन्त्री सिंह त्यतिमै रोकिएनन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणको भन्दा लामो बिचौलियाको जालो कर्णालीमा रहेको दावी समेत गरे।

‘केन्द्रमा नक्कली भुटानी शरणार्थी प्रकरणको जालोले हलचल नै ल्यायो। त्यो भन्दा ठूलो बिचौलियाको जालो कर्णालीमा रहेछ। एक ठाउँमा लहरो तान्दा पहरो आउँछ। यसरी राज्यको ढुकुटीमाथि बिचौलियाको प्रवेश चर्को रहेछ।’

तर प्रदेशसभाको १२ औँ बैठकमा भने उनले बजेट निर्माणमा कतैबाट दबाब नआएको जिकिर गरे। अहिले त्यही विषयलाई प्रमुख मुद्दा बनाएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसद अवरोध गरिरहेका छ। एमाले प्रमुख सचेतक टेकराज पछाई बुधबार अर्थमन्त्रीकै बोलीमाथी टेकेर बजेट निर्माणमा दवाव दिने बिचौलीया बारे सदनलाई जानकारी नदिएसम्म सदनको कार्वाही अगाडि बढ्न नसक्ने अडान लिए।

‘अर्थमन्त्रीज्यू स्वांयमले बजेट निर्माणको क्रममा बिचौलीया हावी भएको र चौतर्फि दबाब आएको बताउँनु भएको रहेछ,’ एमाले प्रमुख सचेतक पछाइले भने, ‘बिचौलियाका योजना कुन(कुन हुन् रु क–कस्ले दबाब दिए । बजेट पैतृक सम्पत्ति जसरी बाँडने अधिकार उहाँलाई कस्ले दियो। बजेट नसचिएसम्म सदनको कार्वाही अगाडि बढ्न सक्दैन्।’

बजेट संशोधन गर्नुपर्नेमा एमाले अडिग रहने बताउँछन् । यदि त्यसो नभएसम्म एमालेले सदन अगाडि बढाउन नदिने उनको भनाइ छ। प्रदेशको नीति तथा कार्यक्रममा ४० लाखभन्दा मुनिका योजना नल्याउने बरु स्थानीय तहलाई कार्यान्वयन गर्न पठाउने भनिएको छ। तर, बजेटमा ५(१० लाखका योजना रहेकाले बजेट संशोधन गरेर १५ लाख मुनिका योजना नहटाएसम्म सदन चल्न नदिने प्रमुख सचेतक पछाइ बताउँछन्।

बजेटमाथिको छलफलका क्रममा सत्ता पक्षधर सांसद कल्याणी खड्काले नै बजेटमा बिचौलिया हाबी भएको कुरा सत्य हो भने यो निकै गम्भीर विषय भएको भन्दै बिचौलिया को हुन् र कसरी आए भन्नेबारे प्रस्ट पार्नुपर्ने बताउँछिन्।

पूर्वअर्थमन्त्री समेत रहेका माओवादी सांसद विन्दमान विष्टले बजेटको आकार यथार्थपरक नभएको र बजेटमा स्थानीय तहमा पठाइएका योजनामा सांसदहरु बाहेक सबैको अनुहार देखिएको भन्दै प्रश्न उठाए।

सत्तापक्षकै सांसद नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका रणसिं परियारले अर्थमन्त्री बेदराज सिंहको अस्पष्ट धारणाका कारण विवाद उत्पन्न भएको बताए। ‘अर्थमन्त्रीज्यूले पत्रकार सम्मेलनमा गरेको कुरा नै एमालेले हतियार बनाएको छ। स्वयम् उहाँकै अस्पष्ट धारणाले बजेटमामाथि शंका पैदा गराएको छ’ उनले भने।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

आज सुनचाँदीको मूल्य बढ्याे

४ मिनेट अगाडि
मन्त्रिपरिषद् बैठकका ४ वटा निर्णयहरू

मन्त्रिपरिषद् बैठकका ४ वटा निर्णयहरू

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक