बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।

महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।

महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि रु १६ करोड ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्य संस्थामा रोग लाग्नबाट बचाउन निदानात्मक सेवा सञ्चालन भइरहेको र आगामी आव जनसङ्ख्या तथा भूगोलका आधारमा छनोट भएका विभिन्न चार स्वास्थ्य संस्थामा यस्तो सेवा प्रवाह गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले बताइन् ।

करिब ९८ प्रकारका निःशुल्क औषधि वितरणका लागि महानगरपालिकाले औषधि खरिद तथा आपूर्ति गर्दै आइरहेको र अत्यावश्यक औषधि नियमित आपूर्तिको सुनिश्चितता गर्न पर्याप्त बजेट विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ ।

महिलाका लागि स्वास्थ्य जोखिम मानिएको प्रजनन स्वास्थ्य, आङ खस्ने समस्या, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन तथा आमा एवं शिशुका लागि पोषण व्यवस्था गर्न बजेटको व्यवस्था गरिएको उपप्रमुख गुरुङले बताइन् ।

सहरी क्षेत्रमा नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दो रहेको यस्तो प्रकोप जोखिम न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको पनि उनले बताइन् । महिला स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ ।

नेपाल सरकारले तोकेको मापदण्डबमोजिम विभिन्न स्वास्थ्य संस्थासम्बन्धी पूर्वाधार निर्माणलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ । महानगरको एकमात्र शिशु अस्पतालमा विशेषज्ञ सेवा थप गर्न र मिर्गौला रोगको डायलायसिस सेवा आरम्भ गर्न रु एक करोड एवं कोभिड–१९ लगायत सरुवा रोग, महामारी नियन्त्रण, विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।

महानगरपालिकाको समग्र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न र जनस्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्न सङ्घीय कार्यक्रमसहित कुल रु ३५ करोड ५६ लाख बजेट प्रस्ताव गरिएको उपप्रमुख गुरुङले बताइन् ।

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

३ घण्टा अगाडि
महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक