मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर / कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रदेश सभामा विश्वासको मत माग्ने जनाएको छ।

बुधबार विराटनगरस्थित नेकपा एमालेको संसदीय दलको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विपक्षी दलसंग विश्वासको मत माग्ने भएको हो।

९३ सिट रहेको प्रदेशमा सरकारका लागि आवश्यक ४७ सिट संख्या नहुँदा सत्ताको नेतृत्व गरिरहेको एमाले अल्पमतमा रहेको छ।

सोही क्रममा बिहीबार सत्तामा रहेको दल एमालेले विपक्षी दल नेपाली काँग्रेससहित विपक्षी दलसँग विश्वासको मत माग्ने भएको एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

बैठकपछि प्रमुख सचेतक भण्डारीले सरकारलाई निरन्तरता दिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतसंग विश्वासको मत माग्ने र विश्वासको मत दिनुहुन अनुरोध गर्ने जानकारी दिए।

सत्ता अघि बढाइरहेको एमाले सहमतिको सरकार बनाएर पुरै कार्यकाल टिकाउ सरकार बनाउनेतर्फ केन्द्रीत रहेको बताएका प्रमुख सचेतक भण्डारीले सरकार ढालेर अस्थिर अवस्था बनाउँदा जनतामा सन्देश नकारात्मक जाने प्रस्टाए।

उनले भने,‘हामी सरकारलाई निरन्तर ५ वर्ष टिकाएर लैजाने पक्षमा छौ। यसका लागि दलहरुले सहमति बनाएर सरकार गठन गर्न एक हुनुपर्ने अवस्था छ। सरकार अस्थिर बनाएर मध्यावधितर्फ अघि बढाउने काम गर्नुहुदैन।’

उनले एमाले नेतृत्वको प्रदेश सरकारलाई निरन्तर अघि बढाउन मात्र एक मतको आवश्यक परेकाले विभिन्न विकल्प तथा सम्भावना कायम रहेको बताए।

त्यसैगरि, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि बिहीबार प्रदेश सभामा दिउँसो १ बजेका लागि आव्हान गरेका छन्।

बैठकपछि मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए।

मुख्यमन्त्री तथा संसदीय दलका नेता कार्कीले भने,‘सरकारलाई टिकाउन १ सांसदको आवश्यकता हो। यसका लागि प्रदेश सभाको पहिलो बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ। यसका लागि हामीले सबै दलसमक्ष विश्वासको मत दिन आग्रह गरेका छौँ।’

मुख्यमन्त्री कार्कीले एमाले र राप्रपाले विश्वासको मतका पक्ष मतदान गर्ने निर्णय गरेको जानकारी दिए।

यो पनि पढ्नुहोस्

सरकारले विपद्मा काम गर्न नसकेको आरोप लगाउनु अनुचित

सरकारको काम कारबाही प्रति असन्तुष्टि

४१ मिनेट अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक