मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ : अध्यक्ष तिमिल्सिना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ : अध्यक्ष तिमिल्सिना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताउनुभएको छ। पीताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचन समारोहमा आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेका पुस्तालाई भ्रष्टाचार नगरी विकास गर्ने र स्वदेशमै रोजगारी दिनसक्ने नेतृत्वको खाँचो रहेको बताउनुभएको हो।

समाज परिवर्तनसँगै देशले गति लिन नसक्नुले अहिलेको पुस्ता निराश बन्दै गएको उहाँको भनाइ छ। देशको नेतृत्व गर्नेले भोगेको भोगाइ अहिलेको पुस्ताले खासै वास्ता नगर्ने भन्दै उहाँले भन्नुभयो “नयाँ पुस्ता देशको समृद्धि र न्यायपूर्ण समाजको खोजीमा छ तर परिवर्तनबाट जुन अनुभूति पाउनु पर्ने हो त्यो नहुँदा जनता विचलित हुने अवस्थामा आइपुगेका छन्।”

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अहिलेको पुस्ताको आवश्यकता पुरा गर्नतर्फ राज्य लाग्नुपर्ने समय आएको उहाँको भनाइ छ। उहाँले रूपान्तरणका लागि सबै लाग्नुपर्ने बताउनुभयो। जिम्मेवारीमा रहेका नेताको त्याग महत्त्वपूर्ण भए पनि त्यागअनुसारको आम नागरिकलाई अनुभूति दिलाउन नसक्दा जनतामा निराशा छाएको उहाँको भनाइ थियो।

नेपाल शिक्षक सङ्गठनका संस्थापक केन्द्रीय सचिव पौडेलले शिक्षा क्षेत्रमा गर्नुभएको परिवर्तनअनुसार अहिलेको शिक्षालाई अघि बढाउन सक्नुपर्ने उहाँको भनाइ छ।

समाज परिवर्तन र शिक्षा क्षेत्रको विकासका लागि पौडेल परिवारको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो।

भरतपुर महानगरपालिका–१४ मा रहेको पिता–शिक्षा गुठीले आयोजना गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, डा सूर्यराज आचार्य, शिक्षाविद् रमाकान्तर सापकोटा, प्राध्यापक केदारनाथ खनाल, एकनारायण पौडेल लगायतले पुस्तकको समीक्षा एवं टिप्पणी गर्नुभएको थियो।

गुठीकी उपाध्यक्ष होमादेवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीराम देवकोटा, गुठीका सचिव लोकनाथ पौडेल लगायतले बोल्नुभएको थियो। रासस

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् बैठकका ४ वटा निर्णयहरू

मन्त्रिपरिषद् बैठकका ४ वटा निर्णयहरू

३१ मिनेट अगाडि
सरकारले विपद्मा काम गर्न नसकेको आरोप लगाउनु अनुचित

सरकारको काम कारबाही प्रति असन्तुष्टि

३८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक