शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कमलामाई (सिन्धुली। उमेर ढल्कियो । तन्नेरी रसरङ सकियो । श्रीमान् १० वर्ष पहिल्यै बित्नुभयो । सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो । यो वास्तविक भोगाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ की ९६ वर्षीया ठूलीमाया घिसिङको हो ।

घ्याम्पाटार सामुदायिक स्वास्थ्य एकाइ प्रमुख तथा अहेव विनाकुमारी यादव उहाँको घरमा पुग्दा पेटीमा गुन्द्री ओछ्याएर सुतिरहनु भएको थियो । मयलले कट्किएको वस्त्र र शरीरबाट दुर्गन्ध आइरहेको थियो । रोगले शिथिल भएको शरीर वरिपरि झिँगा भन्किरहेका थिए ।

स्वास्थ्यकर्मी यादवले बिरामी ठूलीमायाको स्वास्थ्य जाँच गर्नुभयो । उहाँलाई रोगले मात्रै होइन, भोकले पनि कमजोर बनाएको रहेको छ । सामान्य बिरामी र दीर्घरोगीहरुलाई खुवाउने औषधि तथा स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामग्री बोकेको झोलामा भोक मेटाउने औषधि थिएन । न त थियो, फेराइदिने सुकिलो लुगा । काइँयो खोजेर कपाल भने कोरिदिनुभयो । सफा भएर बस्न सुल्झाउनुभयो । ज्वरो र पखालाले सिकिस्त हुनुभएकी ठूलीमायालाई औषधि दिएर उहाँ अरू घरका बिरामीको स्वास्थ्य जाँच तथा उपचारमा लाग्नुभयो ।

घिसिङ टोलकै असलीमाया मोक्तानको सासूआमा ६८ वर्षीया माया मोक्तानलाई बाहिर–भित्र गर्नसमेत समस्या छ । बिरामी परिरहने उहाँलाई उपचारका लागि कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारी मोक्तान आउनुहुन्छ । बेलाबेलामा फोन गरेर पनि उहाँको स्वास्थ्य अवस्था बुझ्ने गर्नुभएको असलीमायाले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सासूआमा हिँडडुल गर्न सक्नुहुन्न । बिरामी परिरहनु हुन्छ । नजिकै भनेको स्वास्थ्य एकाइ पुग्न पनि दुई घण्टा लाग्छ । सवारी साधनको सहज सुविधा नहुँदा डोकोमा बोकेर लैजाने गरेको थियौँ, अहिले त वडाले बेलाबेलामा स्वास्थ्यकर्मी घरघरमै पठाउने वा फोन गरेर बिरामीको स्वास्थ्य अवस्था बुझ्न लगाउने गरेकाले सजिलो भएको छ ।”

घरभित्र–बाहिर गर्ने क्रममा लडेर ९२ वर्षीय बुद्धिमान मोक्तानको दाहिने आँखामा गहिरो चोट लाग्यो । त्यो बेला उहाँको सन्तान साथमा कोही थिएनन् । स्वास्थ्यकर्मी पियारी नै उहाँको सन्तान बनेर पुग्नुभयो । घाउमा टाँका लगाइदिनुभयो । घाउ निको बनाउन मल्हम दिनुभयो । सरसफाइ राख्न र कुनै समस्या आए सम्पर्क गर्न भनेर उहाँ अरू बिरामीको सेवामा खटिनुभयो ।

कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेव पियारीका अनुसार सुनकोशी गाउँपालिका–१ को वडा कार्यालयले हप्ताको एक पटक गाउँघर क्लिनिकअन्तर्गत टोलटोलमा प्राथमिक उपचार तथा सहायता कक्षा स्थापना गरेर सेवा प्रवाह गर्दै आएको थियो । सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउन हप्ताको एक पटक घरघरमा पुगेर सेवा दिन थालिएको छ । गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा पुरुष र अपाङ्गता भएकाहरूलाई लक्षित गरेर घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्न थालिएको उहाँले बताउनुभयो ।

“हामी घरघरमा पुगेपछि आवश्यकताअनुसार सबैले सेवा लिनुहुन्छ । यो सेवाको विशेष लाभग्राही गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला वा एकल पुरुष र अपाङ्गता भएकाहरू नै हुनुहुन्छ, उहाँहरूको हकमा वडाको यो अभियान निकै प्रभावकारी देखिएको छ”, उहाँले भन्नुभयो । वडा कार्यालयभित्र स्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य एकाइमा गरी तीन अहेव र तीन अनमी कार्यरत छन् । घुम्ती शिविरमा उहाँहरू पालैपालो प्रत्येक शुक्रबार दुई/दुई जना बाँडिएर घरघरमा सेवा दिन जाने गर्नुभएको छ । गत फागुनदेखि सुरु गरिएको यो सेवा हालसम्म दुई सय ९७ जना बिरामीले लिइसकेका छन् ।

स्थानीय तहको गत निर्वाचनमा वडाध्यक्षको पदका लागि मत माग्न घरदैलो गर्ने क्रममा विविध कारणले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बिरामीहरू प्राथमिक उपचार पाउनबाट समेत वञ्चित भएका, सामान्य बिरामी हुँदा समयमै उपचार नपाएर ठुलो जोखिममा रहेका लगायतका समस्या बाक्लै देखेकाले सुनकोसी गाउँपालिकामै पहिलो पटक आफ्नो वडाले यस प्रकारको सेवा प्रवाहमा जोड दिएको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।

दक्ष चिकित्सक तथा गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव रहेको हाम्रो जस्तो क्षेत्रमा स्थानीय रूपमा उपलब्ध हुन सक्ने र क्षमताअनुसारको स्वास्थ्य सेवा सहज रूपमा प्रवाह गर्ने प्रयास भएको उहाँको भनाइ छ । वडा कार्यालयको पहल तथा प्रयासमा उपलब्ध भएको घुम्ती शिविर सेवाले वडावासीमा स्थानीय सरकार र जनप्रतिनिधिप्रति सकारात्मक भावना जगाएको छ ।

वडावासी ठूलबहादुर मोक्तान स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य परीक्षण र औषधि वितरण गर्नुले स्थानीय सरकारप्रति भरोसा बढेको बताउनुभयो । ‘‘आफैँ स्वास्थ्य संस्था धाउन नसक्ने दीर्घरोगी र असक्त नागरिकलाई सेवा दिन वडाले औषधिसहित स्वास्थ्यकर्मी घरघरै पठाउन थालेको कुराले खुसी लागेको छ’’, उहाँले भन्नुभयो । सुनकोशी गाउँपालिकामा सात वटा वडा छन् । हप्ताको एक पटक अनिवार्य घुम्ती शिविरमार्फत स्वास्थ्य सेवा प्रवाह गर्ने वडा नम्बर १ पहिलो वडा हो । रासस

यो पनि पढ्नुहोस्

क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण सफलता

क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण सफलता

५ दिन अगाडि
क्यान्सरका बिरामीले केमोथेरापी छल्न सक्ने

क्यान्सरका बिरामीले केमोथेरापी छल्न सक्ने

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक