काठमाडौं । बजेट संशोधन हुनुपर्ने भन्दै आएको सत्ता साझेदार दल जनता समाजवादी पार्टीले पनि बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ।
यसअघि एकीकृत समाजवादी पार्टीले बुधबार नै बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको थियो। त्यसपछि जसपाले पनि आफ्ना १२ जना सांसदहरुलाई अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।
यसअघि माओवादी केन्द्र र कांग्रेसले मंगलबार नै ह्विप जारी गर्दै बजेटको पक्षमा मतदान गर्न निर्देशन दिइसकेका छन्। सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वजेट पारित गराउनुपर्नेमा शर्त नराख्न आग्रह गरेपछि एकीकृत समाजवादी पछि हटेको हो।
सत्ता गठबन्धनभित्र रहेका एकीकृत समाजवादी र जसपाले बजेटमा विरोध गर्दै आएका थिए। केही बेरमा जसपाले पनि बजेटको विषयमा आफ्नो पोजिसन प्रष्ट पार्ने छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय लगायतको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन्।