आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

३७४ रनको उच्च लक्ष्यमा नेदरल्यान्ड्सको बराबरी, सुपर ओभरमा वेस्टइन्डिज विरुद्ध दुर्लभ जित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
३७४ रनको उच्च लक्ष्यमा नेदरल्यान्ड्सको बराबरी, सुपर ओभरमा वेस्टइन्डिज विरुद्ध दुर्लभ जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / एकदिवसीय विश्वकप छनोटमा नेदरल्यान्ड्सले चार पटकको विश्व च्याम्पियन वेस्टइन्डिज विरुद्ध दुर्लभ जित निकालेको छ। सोमबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा वेस्टइन्डिजले बनाएको ३७४ रनको विशाल स्कोर बराबरी गरेको नेदरल्यान्ड्सले सुपर ओभरमा सानदार ब्याटिङ गर्दै पहिलो पटक क्यारेबियन टोलीलाई पराजित गरेको हो। वेस्टइन्डिजलाई हराएसँगै नेदरल्यान्ड्सले अङ्क तालिकामा दोस्रो स्थानमा रहेर समूहचरण अन्त गर्‍यो।

सुपर ओभरमा नेदरल्यान्ड्सले जितका लागि वेस्टइन्डिजलाई ३१ रनको लक्ष्य दिएको थियो। नेदरल्यान्डसका लागि लोगन भान बेकले सबै ६ बलमा बाउन्ड्री प्रहार गर्दा ३० रनको उच्च स्कोर तयार गरेका थिए। ज्यासन होल्डरको बलमा दोस्रो , चौंथो र पाँचौ बलमा छक्का प्रहार गरेका बेकले पहिलो, तेस्रो र अन्तिम बलमा चौका प्रहार गर्दै टिमलाई उच्च स्कोरमा पुर्‍याए। जवाफमा बेकनै बलिङका लागि आएका थिए। जहाँ उनले वेस्टइन्डिजलाई ८ रनमात्र दिएर २ विकेट लिंदा नेदरल्यान्डले वेस्टइन्डिजमाथि कीर्तिमानी जित आत्मासाथ गर्‍यो।

वेस्टइन्डिज नेदरल्यान्ड्सँग पराजित भएसँगै समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्सको यात्रा तय गर्‍यो। यो हारले शीर्ष दुईमा रहेर विश्वकप छनोट हुने वेस्टइन्डिजको सपनामा जटिल्ता थपेको छ। कीनकी समूहचरणको अङ्क समेत क्यारी हुने भएकाले वेस्टइन्डिजलाई अब सुपर सिक्समा शीर्ष दुईमा रहनका लागि ठूलो संघर्ष गर्नु पर्ने छ।

त्यसअघि हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रनको विशाल स्कोर तयार गरेको थियो। निकोलस पुरनको ६५ बलमा १०४ रनको शानदार शतकीय अविजित इनिङमा उच्च  स्कोर बनाएको वेस्टइन्डिजका लागि ओपनर ब्रान्डन किङ्ग र जोनसोन चार्लेसले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे। किङ्गले ७६ रन बनाउँदा चार्लेसले ५४ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै कप्तान साइ होपले ४७ रन बनाउँदा किमो पउलले ४६ रन बनाएका थिए।

३७५ रनको उच्च लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले अन्तिम बलमा खेल बराबरीमा ल्याउँदै सुपर ओभरमा पुर्‍याउन सफल भयो। उसका लागि तेजा निदामनुरुले सर्वाधिक १११ रनको शतकीय इनिङ खेल्दा कप्तान स्कट एडवार्डसले ६७ रन बनाए। त्यस्तै विक्रमजित सिंहले ३७ रन बनाउँदा म्या ओडवाडले ३६ रन तथा बास डि लिडले ३३ रन बनाए। वेस्ली बेरिसले २७ रन बनाउँदा लोगन भान बेकले २८ रन बनाए। आर्यन दतले १६ रन बनाएका थिए।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

२ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक