आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

गृह मन्त्रालयले लागूऔषध नियन्त्रण ऐन, २०३३ लाई कार्यान्वयन गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गृह मन्त्रालयले लागूऔषध नियन्त्रण ऐन, २०३३ लाई कार्यान्वयन गर्ने

pkk|wfgdGqL >]i7 sf7df8f}F, !! c;f/M pkk|wfg tyf u[xdGqL gf/fo0fsfhL >]i7 u[x dGqfnoåf/f ;f]daf/ cfof]lht …nfu" cf}ifw b'¿kof]u tyf cj}w cf];f/k;f/ lj¿4 cGt/f{li6«o lbj; @)*)Úsf cj;/df cfof]lht sfo{qmddf dGtJo /fVg'x'Fb} . tl:a/ M /Tg >]i7÷ /f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अङ्गीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको जनाउनुभएको छ ।

सोमबार लागूऔषध दुरुपयोग गतथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो जनाउनुभएको हो । उहाँले नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको भन्दै गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन लगायत तोकिएका नियन्त्रित पदार्थ लागूऔषधका रुपमा प्रयोग गर्ने गरिएको पाइएको जनाउनुभयो ।

‘‘यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्त गर्नसमेत बाधा पुग्छ । स्वस्थ, सभ्य र अपराधमुक्त र समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हाँसिल गर्न यसले बाधा गर्दछ । लागूऔषध नियन्त्रणको प्रमुख निकाय अहिले गृह मन्त्रालय रहेको छ । अन्य सरकारी निकाय र विभिन्न संस्थाबाट समन्वय र सहकार्य हुँदै आएको छ ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य सुविधा र आर्थिक हीत कायम राख्नका लागि लागूऔषधको उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसारपसरा र सेवन तथा निकासी पैठारीसमेतमा नियन्त्रण गर्न गृह मन्त्रालय लागूऔषध नियन्त्रण ऐन, २०३३ लाई कार्यान्वयन गर्न लागिपरेको छ ।’’

मन्त्री श्रेष्ठले लागूऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको जानकारी दिनुभयो । उहाँले नेपालमा लागूऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या बढी प्रभावित भएको तथ्याङ्कले देखाएको बताउनुभयो । उहाँले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयम्, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने जिकिर गर्नुभयो ।

‘‘लागूऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै आएको छ । गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिन, बुप्रेनरफिम, डाइजिपाम लगायत तोकिएका नियन्त्रित पदार्थ लागूऔषधका रुपमा प्रयोग गर्ने गरिएको छ । विभिन्न तथ्याङ्कहरुबाट लागूऔषधका प्रयोग कर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘लागूऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या बढी प्रभावित भएको छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयम्, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुन्छ नै ।’’

लागूऔषध दुरुपयोगको रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएकाले संवद्ध निकायको समन्वय र सहकार्यबाट लागूऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनर्स्थापना, जोखिम न्यूनिकरण, बिरामीको सामाजिक पुनर्स्थापना जनचेतना मुलक अभियानको रुपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मुल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक रहेको जनाउनुभयो ।

‘‘लागूऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३, रणनीति २०६६,लागूऔषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनर्स्थापना सञ्चालन निर्देशिका २०७५, लागूऔषधको मौखिक प्रतस्थापन उपचार केन्द्र सञ्चालन निर्देशिका २०७०, लागूऔषध नियन्त्रण राष्ट्रिय गुरुयोजना २०७९, २०८४ र अन्य गुरुयोजना स्वीकृति र कार्यान्वयन भइरहेको छ । कानुन, नीति र रणनीतिलाई समसामयिक रुपमा संशोधन गर्न मन्त्रालयले काम सुरुवात गरेको छ ।,’’ मन्त्री श्रेष्ठले थप्दै भन्नुभयो, ‘‘लागूऔषध दुरुपयोगको रोकथाम र नियन्त्रणको विषय बहुसरोकारको विषय भएकाले संवद्ध निकायको समन्वय र सहकार्यबाट लागूऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा पुनर्स्थापना, जोखिम न्यूनिकरण, बिरामीको सामाजिक पुनर्स्थापना जनचेतना मुलक अभियानको रुपमा सञ्चालन गरी तीन तहकै सरकारको नीति कार्यक्रममा मुल प्रवाहीकरण गरी सञ्चालन गर्न आवश्यक छ । मुलुकको सर्वाङ्गिण विकास, समृद्धि एवम् शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागूऔषध अपराधविरुद्धको राष्ट्रिय उपदेयिता जुटाउन अपरिहार्य भएको छ । लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अङ्गीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको छ ।’’

लागूऔषध दुरुपयोगविरुद्धको ऐक्यवद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता भन्ने नाराकासाथ यस वर्षको लागूऔषध दुरुपयोग गतथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । लागूऔषध दुरुपयोग गतथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सचेतनामुलक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सो अवसरमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल लगायत कार्यक्रममा उपस्थित विद्यार्थीहरुले जनचेतना कार्यक्रम प्रस्तुती गरेका थिए ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक